यिनै हुन् ओलीसँग नझुकेर टक्कर लिने एमालेकी निडर नेतृ, बालुवाटारमा खैलाबैला

२०७८ जेष्ठ ११, मंगलवार १६:१४ गते २०७८ जेष्ठ ११, मंगलवार १६:१४ गते २०७८ जेष्ठ ११, मंगलवार १६:१४ गते

काठमाडौं । एमालेकी नेतृ एवम् विघटित प्रतिनिधि सभाकी सांसद लक्ष्मी चौधरीले नागरिकतासँग पद साटेका प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले देश समाप्त पार्न लागेको आरोप लगाएकी छिन्

सोमबार सामाजिक सञ्जालमार्फत नेतृ चौधरीले एमालेका २७ जना सांसदलाई कारबाही गरेर देखाउन ओलीलाई चुनौती दिएकी छिन् । उनले मन नपरेकाहरूलाई छानीछानी कारबाही गरेको भन्दै आक्रोश पोखेकी छिन् ।

‘प्रधानमन्त्रीलाई भोट नदिएको भनेर कावारही गरेको हो भने २७ जनालाई कार्वाही गरेर देखावस्’, नेतृ चौधरीले चेतावनी शैलीमा भनेकी छिन्, ‘हैन भने कावारहीको डण्डा देखाएर आफ्नो अपमान नगरे हुन्छ ।’

‘हामी सत्यको पक्षमा उभिएको छौं’, नेतृ चौधरीले ओलीलाई सचेत गराउँदै भनेकी छिन्, ‘नागरिकतासँग पद साटेर देश सकाउने पक्षमा छैनौँ र गर्न दिँदैनौँ ।’

ओलीले एमालेको स्थायी कमिटीको बैठकबाट सोमबार वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनालसहित ११ जना नेताहरूलाई कारबाही गरेर पार्टीबाट निष्कासन गरेका छन् । ओलीको कारबाहीमा पर्नेमा एमाले नेतृ चौधरी पनि छिन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *