नेपाली समाजमा विगत दुई दशकबाट एक लोक गीत चर्चित छ । वारी जमुना पारी जमुना, जमुनाको फेदैमा मनकामनाा सुनेर हुर्केका बालबालिका अहिले किशोर या युवा युवती भइसके । तर पनि यो गीतको रौनक घटेको छैन । तर विगत केही समय यता यस गीतका गायकलाई भने धेरैले बिर्सिसकेको भान हुन्छ । नेपाली लोक गीतलाई उचाईमा पुर्‍याएका खेमराज भने छिट्टै भगवानको प्यारो हुनु पर्यो । उनले २०७३ भदौ ९ गते यो सन्सार छोडेका थिए । उनी कलेजोका बिरामी थिए । चाबहिल स्थित मेडिकेयर अस्पतालमा उनको उपचार भै रहेको थियो । त्यही उनको निधन भएको थियो । खेमका जीवन, जीवन भाग २, अनमोल, धरान पोखरा, सोल्टी, आलुतामा लगायतका एल्बमहरु छन् । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला**

यो पनि:काठमाडौ । झापामा नेपाली काँग्रेसले एक उदाहरणीय काम गरेको छ । त्यहाँ एक विपन्न महिलालाई घर बनाइदिएको छ । उनका पति सवारी दुर्घटनामा बितेका थिए । पति गुमाएर माइतीको संरक्षणमा पुगेकी शिवसताक्षी नगरपालिका–११ की एकल महिला भीमाकुमारी चौधरी राईलाई नेपाली काँगे्रसले आर्थिक सहयोग जुटाएर घर बनाइदिएको हो ।

एकतले पक्की घरको निर्माणकार्य सम्पन्न भइसकेको हुँदा अब रङरोगन गरेर हस्तान्तरण गर्न मात्र बाँकी छ । घर निर्माणमा रु १४ लाख खर्च भएको छ । नेपाली कांग्रेस शिवसताक्षी नगर समिति र पार्टीको वडा नं ११ समितिले संयुक्तरूपमा घर निर्माण गरेका हुन् ।

स्थानीय रामबहादुर चौधरीसँग विसं २०५९ मा अन्तरजातीय विवाह गरेकी भीमाकुमारीका पतिको एक दशकअघि मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । भीमाकुमारीका दुई छोरा छोरी छन् । माइतीमा बसेर उनले जनमन गरेर बालबच्चाको पालनपोषण गर्दै आएकी छिन् ।

घरबारविहीन भएका कारण उनको घर निर्माणमा पार्टीले अग्रसरता लिएको जनाउँदै कांग्रेस शिवसताक्षी नगर समितिका सभापति परशुराम ढुङ्गानाले आगामी विपी जयन्तीमा भीमाकुमारीलाई घर हस्तान्तरण गरिने बताए।

घर निर्माण उपभोक्ता समितिका अध्यक्ष विनोद ढकालले पार्टी परिवार र विदेशबाट शुभेच्छुकहरुले भीमाकुमारीको घर बनाउन आर्थिक सहयोग प्रदान गरेको जानकारी दिए । सोमबार नेपाली कांग्रेसको अष्ट्रेलिया जनसम्पर्क समितिले सो घर निर्माणका लागि रु ५५ हजार सहयोग पठाएको उनले जानकारी दिए । गोरखापत्रबाट/प्रतीकात्मक तस्वीर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *