कांग्रेसमा मन्त्री बन्न को को छन् आकांक्षी ? यस्तो छ दलीय भागबण्डा

२०७८ श्रावण ६, बुधबार १०:०३ गते २०७८ श्रावण ६, बुधबार १०:०३ गते २०७८ श्रावण ६, बुधबार १०:०३ गते

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार मन्त्रीपरिषद् विस्तार गर्ने तयारी थालेका छन् । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार दुई पटक भएको छलफलमा सत्ता गठवन्धन आबद्ध नेताहरुबीचको छलफलपछि बिहीबार मन्त्रीपरिषद् विस्तार गर्ने सहमति बनेको कांग्रेसका एक नेताले जानकारी दिए ।

ती नेताका अनुसार कांग्रेसले ८, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्षलाई ६–६ मन्त्रालय दिने विषयमा छलफल भइरहेको छ । यसैगरी एमालेको माधव नेपाल समूहलाई पनि सरकारमा ल्याउन नेताहरुले प्रयास गरिरहेका छन् । ‘अहिले हाम्रा बीचमा मन्त्रीपरिषद् विस्तारका विषयमा कुनै समस्या छैन, विश्वासको मत दिन आएको जसपाको महन्थ ठाकुर पक्षलाई के गर्ने भन्ने विषय हो, त्यो पनि बुधबारसम्म शीर्ष नेताहरुले टुंगाउनु हुन्छ,’ देउवा निकट एक नेताले भने ।

यस्तै जसपाको निर्वाचन आयोगमा रहेको आधिकारिकताको विवादका कारण पनि मन्त्रीमण्डल विस्तारमा ढिलाइ भइरहेको बताउँदै आइएको छ । अब विस्तार हुने मन्त्री मण्डलमा कांग्रेसबाट भने आकांक्षीहरु धेरै देखिएका छन् । संविधानतः प्रधानमन्त्रीसहित बढीमा २५ मन्त्री बनाउन पाउँछन् । यो कारण देउवा दबाबमा भने रहने छन् ।

मन्त्रीका लागि सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई आकांक्षीहरूले ‘लबिङ’ तीव्र पारिरहेका छन् । देउवासँग कांग्रेस भित्रैको रामचन्द्र पौडेल समूहले पनि उपप्रधानसहितको मन्त्रालयमा दाबी गर्दै आइरहेको छ ।

कांग्रेसले अब आफूले लिएका बाहेक चार वा पाँच मन्त्रालय पाउने सम्भावना छ । जसमा आफ्ना गुटकासँगै पौडेल पक्ष र नेता कृष्णप्रसाद सिटौलालाई मिलाउनु पर्ने बाध्यतामा प्रधानमन्त्री देउवा छन् ।

कांग्रेसको संस्थापन समूहबाट डा. नारायण खड्का, डा. डिला संग्रौला, पुष्पा भुसाल, मीन विश्वकर्मा, देवेन्द्रराज कँडेल, किशोरसिंह राठौर, विनोद चौधरी, भरत शाह आकांक्षी छन् ।

यसैगरी पौडेल समूहबाट डा. शशांक कोइराला, प्रकाशमान सिंह, सुजाता कोइरालामध्ये एक जना हुने गरी उपप्रधानसहितको दाबी गरिरहेका छन् । यस्तै सोही समूहबाट डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, सञ्जय गौतम, तेजुलाल चौधरी चर्चामा छन् ।

यसैगरी सिटौला समूहबाट गगन थापा, भीमसेनदास प्रधान र उमाकान्त चौधरी चर्चामा छन् । यीमध्ये एक जनालाई सिटौलाले सिफारिस गर्ने सम्भावना छ ।
तर अहिलेसम्म पनि देउवाले मन्त्रीका लागि आफ्नै दल भित्रका नेताहरुसँग पनि नाम मागिसकेका छैनन् । सो विषयमा बुधबार छलफल हुने बताइएको छ । सभार:ताजा खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed