काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेतृत्वको गठबन्धन सरकारले ल्याएको न्यूनतम साझा नीति तथा कार्यक्रममाथि अनेक प्रश्न उठाएका छन्। एमालेको ११ औँ केन्द्रीय कमिटी बैठकलाई सोमबार च्यासलमा सम्बोधनका क्रममा एमालेलाई गाली बर्साउँदै आएको नीति तथा कार्यक्रमले देश बनाउने भन्दा भत्काउने योजना राखेको टिप्पणी गरे।

सोमबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै ‌ओलीले सशक्त प्रतिपक्षीसँग कोही सिँगौरी खेल्न आए उनीहरूको सिङ नै भाँचिदिने चेतावनी दिएका हुन्।

देउवा नेतृत्वको सरकार बहुदलीय प्रणाली होइन अपवित्र गठबन्धन बनाउन हिँडेको पनि उनले आरोप लगाए। ‘यो सरकारले निर्दलीय अभ्यास गरिरहेको छु, उनले भने,ुयस्तो अपवित्र गठबन्धनले देश बनाउने होइन, भत्काउने काम गर्छ।’

‘भत्काइदेऊ धरहरा, पुरिदेऊ रानीपोखरी, टालिदेऊ मेलम्ची, भत्काइदेऊ सडक पुल र विमानस्थलहरू, ओली याद आउने सबै चिजहरू,’ ओलीले बैठकमा भने।

कांग्रेसको आन्तरिक विवादलाई इंगित गर्दै ओलीले हिजो आफ्नो पार्टीको समस्याले सदन विघटन गर्न पाइन्छरु भन्नेहरूको पार्टीको किचलो छरपष्ट भएको भन्दै अब आफ्नो पार्टी र गठबन्धनको समस्याको कारण राष्ट्रको समय बर्बाद गर्न पाइन्छ ? भन्ने प्रश्न गरे।

‘असंवैधानिक र अपवित्र नन्दीभृंगी जालीझेलीहरूको गठबन्धन हो। भ्रष्टाचारीलाई कारबाही गर्ने रे। माओवादी शिविरको भ्रष्टाचार, विगतको लु ट, निजी सम्पत्ति क ब्जा पनि छानबिन हुन्छ ?,’ ओलीले प्रश्न गरे, ‘वाइड बडी, बालुवाटार जग्गा प्रकरण, सुन त स्क री काण्ड कहिले भयोरु संलग्न गठबन्धनका नेताहरूलाई कारबाही गर्न सक्नुहुन्छ ? कि झुठो मु द्दा लगाएर विपक्षीलाई फसाउने षडयन्त्र गर्ने प्लान हो।’सभार:ताजा खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *