माधव नेपालले पुर्‍याउन सकेनन् २० प्रतिशत सांसद, पार्टी नै दर्ता नहुने सम्भावना बढ्यो

२०७८ भाद्र ९, बुधबार १०:३९ गते २०७८ भाद्र ९, बुधबार १०:३९ गते २०७८ भाद्र ९, बुधबार १०:३९ गते

नेकपा एमाले विभाजन गरेर नयाँ दल दर्ता गर्न लागेका नेता माधवकुमार नेपालले २० प्रतिशत सांसद पुर्‍याउन असफल भएका छन्। प्रस्तावित नेकपा (एकीकृत समाजवादी) दल दर्ताका लागि २९ जना सांसदको मात्रै हस्ताक्षर निर्वाचन आयोगमा पुगेको छ। नेपाललाई एमाले फुटाउन संसदीय दलतर्फ ३१ जना सांसदको खाँचो थियो।

उनले आयोगमा ३१ जना सांसदकै विवरण पनि बुझाएका थिए। तर दिल्लीमा उपचाररत झलनाथ खनाल र अर्का एक सांसद हस्ताक्षर आयोगमा पुग्न नसकेको हो। दिल्लीमा उपचाररत नेता झलनाथ खनालसहित थप चार जनाको निर्वाचन आयोगले आज सनाखत नगरिदिने भएपछि नयाँ पार्टी गठन गर्ने अन्तिम तयारीमा जुटेको माधव नेपाल समूह तनावमा परेको छ।

आयोगले मंगलबार एमाले छाडेर नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) मा समावेश हुन निवेदन दिएका तीन एमाले सांसद र एक केन्द्रीय सदस्यको बुधबार सनाखत नगराउने भएको छ।एमालेबाट फुटेर नयाँ पार्टी गठन गरी पाऊँ भनेर आयोगमा शुक्रबार एमालेका ३१ सांसद र ५७ जना केन्द्रीय सदस्यले निवेदन दिएका थिए। तर सो निवेदनमा ५५ जना केन्द्रीय सदस्य र २९ जना सांसदको मात्र हस्ताक्षर रहेको आयोग स्रोतले बतायो।

तर नेपालले केन्द्रीय कमिटीतर्फ भने आवश्यक ४१ जना केन्द्रीय सदस्य आवश्यक परेकोमा ५५ जनाको हस्ताक्षर स्वीकृत भइसकेको छ। उनीहरुले बुधबार आयोगमा स-शरीर उपस्थित भएर सनाखत गर्नेछन्।

राजनीतिक दल सम्बन्धी अघिल्लो हप्ता मात्रै सरकारले जारी गरेको अध्यादेशमा नयाँ दल गठन गर्न चाहने सांसद र केन्द्रीय सदस्यहरूले एकैपटक आयोगमा निवेदन दिनुपर्ने उल्लेख छ। साथै आयोगमा स्वयं उपस्थित भएर सनाखत गर्नु पर्नेछ। आयोगले निवेदन दिएका सांसद र केन्द्रीय सदस्यहरूलाई सनाखतका लागि बुधबार ११ बजेदेखि साढे एक बजेभित्र उपस्थित हुन भनेको छ।

मंगलबार सोमप्रसाद पाण्डे, सावित्री भट्टसहितका चार जना सांसदहरू सनाखत गर्न गए पनि शेरबहादुर देउवा सरकारले ल्याएको अध्यादेशमा ‘एकैपटक निवेदन पेश गर्नुपर्नेछ’ भन्ने उल्लेख गरिएकाले नमिलेको आयोगका एक उच्च अधिकारीले जानकारी दिए।

आयोगमा पठाइएको निवेदनमा नेता झलनाथ खनालको पनि नाम छ तर निवेदनमा हस्ताक्षर नभएकोले आयोगले सनाखत गरेको छैन। उनले पनि दिल्लीबाट आगामी सोमबार मात्रै आउने भएकाले आयोगमा सनाखत गर्न नपाउने भएका छन्।दल विभाजनसम्बन्धी अध्यादेशमा पार्टीको संसदीय दल वा केन्द्रीय कमिटी मध्ये कुनै एकमा २० प्रतिशत पुर्‍याउनुपर्ने प्रावधान छ।

उक्त प्रावधानअनुसार संसदीय दलमा २० प्रतिशत नपुगे पनि केन्द्रीय कमिटीमा भने पुग्ने भएकोले नेपालले नयाँ पार्टी दर्ताको लागि दिएको निवेदन प्रमाणीकरण हुने र नयाँ दलको मान्यता पाउने देखिन्छ। आयोगमा दिएको निवेदन उपर आज नै कुनै कारवाही अगाडि नबढ्ने आयोगका प्रमुख निर्वाचन आयुक्तले जानकारी दिए।

यसैबीच निर्वाचन आयोगले मागे अनुसार संघीय संसदका दुवै सदनका १५४ जना एमाले सांसदको सूची संसद सचिवालयले मंगलबारै बुझाइदिएको छ। एमालेबाट विभाजित भएर माधव कुमार नेपाल नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) बुधबार आयोगमा विधिवत दर्ता हुँदैछ।सभार:ताजा खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *