नेपाल एयरलाइन्स डुबाएर निजी क्षेत्र पोस्ने कसैलाई पनि छाड्दिनः मन्त्री आले

२०७८ कार्तिक १०, बुधबार १०:४१ गते २०७८ कार्तिक १०, बुधबार १०:४१ गते २०७८ कार्तिक १०, बुधबार १०:४१ गते

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापकीय सुधारका साथै व्यवसायिक सुधारका लागि आफूले ‘एक्सन’ लिने उद्घो`ष गरेका छन् । मंगलबार पर्यटन बोर्डमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री आलेले निगमलाई डुबाएर निजी क्षेत्र पोस्न पल्केका कसैलाई पनि नछाड्ने उद्घो`ष गरे ।

‘पर्यटन तथा हवाई क्षेत्रमा सुधार गर्नुपर्ने र अपरेशन गर्नुपर्ने धेरै कुरा देखेको छु । कहाँ के गर्नुपर्छ र कसरी अघि बढ्नुपर्छ हामीलाई थाहा छ’ मन्त्री आलेले भने, ‘निगम जस्तो संस्था डुबा`एर निजी क्षेत्र पोस्न लाग्नेहरुलाई अब छाडिन्न,त्यसको जरैदेखि अपरेशन चलाउँछौं ।’

सो अवसरमा मन्त्री आलेले आफूले मन्त्रालय सम्हालेको केही दिनभित्रै निगमको समस्या हल गरेको र नयाँ अध्यक्ष चयन गरेको बताए ।​ ‘वायुसेवा निगम महिनौं दिनदेखि बन्द थियो । कर्मचारीहरु निगमका ताला लगाएर आन्दो`लन गरिरहेका थिए । तर म आएको केही दिन भित्रै निगम खुल्यो । कर्मचारी साथीहरुलाई मैले कन्भिन्स गरेँ र उहाँको माग अनुसार नयाँ अध्यक्ष समेत प्रदान गरेका छौं । अब,निगमको व्यवस्थापकीयदेखि व्यवसायिक पाटोको व्यापक सुधारको खाँचो छ । अब हामी त्यतातिर लाग्छौं’,मन्त्री आलेले भने ।

हाल निगमका बिग्रिएका,त्यसै ह्याङ्गरमा थन्किएका जहाजहरूलाई पुनः मर्मत गरेर सञ्चालन गर्ने र अपुग खरिद गरेर भने पनि व्यवसाय अघि बढाउने आलेले बताए । यता,कोभिड–१९ का कारण प्रभा`वमा परेका समग्र होटल पर्यटन तथा साना व्यवसायहरुलाई समेत समेट्दै पर्यटन प्रवद्र्धनको खोजी गरिने भन्दै मन्त्री आलेले राम्रो कामका लागि आफूले एक सेकेन्ड पनि नसोच्ने बताए ।

सो अवसरमा मन्त्री आलेले आफ्नो कार्यकालमा पर्यटन क्षेत्रमा सुधार ल्याइछाड्ने उद्घो`ष गरे । सोही अवसरमा मन्त्रालयका तर्फबाट सचिव यादव प्रसाद कोइरालाले पर्यटन गतिविधिमा मन्त्रालयले अन्य मन्त्रालयसँग समन्वय गरेर अघि बढ्नुपर्ने बा`ध्यता रहेको तर मन्त्रालयहरू त्यसका लागि तयार हुने नगरेको गु,नासो गरे ।

यता पर्यटन बोर्डले मंगलबार नवनियुक्त मन्त्री आलेलाई औपचारिक स्वागत गर्दै पर्यटन क्षेत्रमा देखिएको समस्या,चुनौति र सम्भा`वनाको फेहरिस्त नै राखेको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीले तथ्याङ्क

प्रस्तुत गर्दै सरकारी–निजी क्षेत्रबीचको साझेदारीको व्यापक खाडल रहेको र यसलाई सुधार गर्नुपर्ने औँल्याए । सो अवसरमा डा.रेग्मीले पर्यटन क्षेत्रमा भएका विकृति विसं`गतिलाई चिर्दै माथि उठ्न चु`नौति रहेपनि वर्तमान मन्त्रीबाट सम्भव हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा पर्यटन क्षेत्रमा क्रियाशिल अन्य व्यवसायिक संघ संगठनहरु,होटल व्यवसायी संघ,हान,टान,नाट्टा लगायतका प्रतिनिधिहरुले पनि मन्त्री आलेलाई शुभकामना दिँदै पर्यटन क्षेत्रको सुधार एवंम उत्थानमा लाग्न आग्रह गरे । रातोपाटिबाट

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *