ह्वाट्सएपमा नयाँ फिचर : सुटुक्कै ग्रुप छाड्न सकिने

२०७९ जेष्ठ ४, बुधबार २०:४५ गते २०७९ जेष्ठ ४, बुधबार २०:४५ गते २०७९ जेष्ठ ४, बुधबार २०:४५ गते

सर्वाधिक लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपले प्रयोगकर्ताहरुका लागि नयाँ–नयाँ फिचहरु आफ्नो प्लेटफर्ममा थपिरहेका हुन्छन् । यस्तै एक नयाँ फिचर ह्पाट्सएपले थप गर्दैछ, जसलाई सायद तपाईले लामो समयदेखि आवश्यकता महसुस गरिरहनुभएको हुनसक्छ ।

 

ह्वाट्सएपले आफ्नो प्लाटफर्ममा प्रयोगकर्ताहरुलाई सुटुक्क ह्वाट्सएप ग्रुप छाड्नसक्ने फिचर थप गर्दैछ ।  साइलेंटली एग्जिट ग्रुप्स  नामक उक्त फिचरको सहयोगमा तपाईं आफु जोडिएको कुनैपनि ह्वाट्सएप ग्रुप छाड्न सक्नुहुन्छ । यसको जानकारी ग्रुपमा रहेका अन्य सदस्यले पाउने छैनन् ।

 

 

ह्वाट्सएपको यो फिचर त्यस्ता प्रयोगकर्ताका लागि राहतको प्याकेज भन्दा कम हुनेछैन जसलाई कुनै ह्वाट्सएप ग्रुप छाड्न मन हुन्छ तर अरु व्यक्तिले थाहा पाउँछन् भन्ने डरकै कारण ह्वाट्सएप ग्रुप छाड्न सकिरहेका हुँदैनन् ।

 

 

यो फिचर आएसँगै अब कुनैपनि ह्वाट्सएप ग्रुपबाट एक्जिट गर्दा केवल आफु र ग्रुप एडमिनलाई मात्र जानकारी हुनेछ तर ग्रुपमा अन्य सदस्यलाई पत्तो हुँदैन । अहिले ह्वाट्सएप ग्रुपको कुनैपनि सदस्यले ग्रुप छाड्दा त्यसको अटो जेनेरेटेड नोटिफिकेसन ग्रुपका सबै सदस्यले प्राप्त गर्दछन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *