हेर्नुहोस् नर्सिङ पेशामा किन कम छन् पुरुष ?

२०७५ कार्तिक १५, बिहीबार ०१:१५ गते २०७५ कार्तिक १५, बिहीबार ०१:१५ गते २०७५ कार्तिक १५, बिहीबार ०१:१५ गते

तपाइलाई अचम्म लाग्न सक्छ तर यो सत्य  कि पुरुस पनि नर्सिङ्ग पेशा मा संलग्न हुन सक्छन्। पछिल्लो समय नर्सिङ पेशामा युवाहरुको रुची बढ्दो पाइएपनि अझै विश्वव्यापी रुपमा नर्सको अभाव रहेको द इकोनोमिस्टले जनाएको छ । त्यसैगरी नर्सिङमा जति चासो महिला र युवतीहरुले देखाउँछन् त्यति रुची पुरुषहरुमा देखिँदैन । कुनैपनि देशमा दर्ता भएका नर्सहरु मध्ये ५ देखि १० प्रतिशत मात्र पुरुष हुने गरेको पाइन्छ ।

वास्तवमा नर्स पेशामा यसरी थोरै पुरुषहरुले मात्र रुची राख्नुको कारण हाम्रो सामाजिक मान्यता हो । किनकी हामीले नै परम्परागत रुपमा नर्सिङलाई महिलाको कामका रुपमा हेर्ने गरेका छौँ र वर्षौँदेखि यही प्रचलनमा आएको हो । कुनै समय बेलायत लगायत अधिकांश देशका नर्सिङ कलेजमा पुरुषलाई भर्ना लिइँदैन थियो ।

तर सन् १९८२ मा अमेरिकाका केही शिक्षलयमा नर्सका लागि पुरुषहरुलाई पनि भर्ना लिइन थालियो जसपछि नै यसको सुरुवात भएको बताइन्छ । तरपनि दशकौँदेखि मिडिया लगायत फिल्महरुले समेत नर्सका रुपमा महिलालाई नै प्रस्तुत गर्दै आएको पाइन्छ जसमा मुख्य अभिनेत्री नर्सले प्रमुख भूमिका निर्वाह गरिरहेका पुरुष डाक्टरको सहायता गरिरहेको देखाइन्छ । यसरी सामाजिक चेतनाको अभावका कारण पनि यो पेशाप्रति महिलाहरुकै बढी लगाव हुने गरेको पाइएको हो ।

रियलम्यासवर्कले सन् २०१२ मा सार्वजानिक गरेको डाटा अनुसार सबैभन्दा धेरै पुरुष नर्स भएको देश साउदी अरब हो जहाँ ३६ प्रतिशत पुरुषहरु नर्सिङ पेशामा आबद्ध रहेको पाइएको थियो । साउदीको रुढीवादी समाजका कारण महिलाहरुलाई धेरै कम स्वतन्त्रता दिइने चलन हुँदा नर्सिङ पेशामा समेत महिलाको अभाव रहने गरेको पाइन्छ । त्यसैगरी इटली, बेलायत, अमेरिका अष्ट्रेलिया सहित थुप्रै मुलुकहरुमा पुरुष नर्सहरुको सङ्ख्या वृद्धि हुँदै गइरहेको पाइएको छ । यता चीनमा भने केबल एक प्रतिशत पुरुष मात्र नर्सिङका लागि दर्ता हुने गरेको रिपोर्टले उल्लेख गरेको थियो ।

तरपनि यो पेशामा पुरुषहरुलाई लगाउनु लामो समयसम्म चुनौतिपूर्ण नै रहने विज्ञहरुको भनाइ छ । केही समय अगाडि मात्र बेलायतमा गरिएको एक सर्वेक्षणमा, केबल ४० प्रतिशत बाबुआमाले मात्र आफ्नो छोरा नर्स पेशामा लाग्दा गर्व गर्ने देखिएको हो । यस्तोमा अहिलेसम्म पनि कतिपय सिनियर नर्सहरुलाई ‘सिस्टर’ नै भनि बोलाइने गरेको पाइन्छ ।

जसको अर्थ वास्तवमै नर्सले गर्नुपर्ने कामबारे हाम्रो सोच धेरै पुरानो छ । त्यसैले पनि यो पेशामा पुरुषले सोचेजस्तो स्थान नपाएको बताइएको छ । यस्तोमा विश्वव्यापी रुपमा एकपटक सबै यसबारे अपडेट हुन जरुरी देखिएको विश्लेषकहरु बताउँछन् । नर्सिङ एउटा व्यवसायिक पेशा हो जसमा थुप्रै विशेषज्ञताहरु हुन्छन्, जस्तै एनेस्थेटिक्स, कार्डियोलोजी वा इमर्जेन्सी सेवा । कुनैपनि बिरामी पीडामा हुँदा प्रायः नर्सहरु नै पहिला उत्तरदायी हुन्छन् । तर अहिलेको आधुनिक समयमा लिङ्ग भेदक पेशाहरु कम हुँदै गइरहेपनि नर्सप्रतिको मानिसको धारणामा भने अझै परिवर्तन आउन नसकेको देखिएको छ । -१२ खरि

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *