काठमाडौं, ९ असार – बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी रामेछाप लिखु तामाकोशी गाउँपालका-५ घर भई हाल काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने २८ वर्षीय अरुण खड्कालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७८ चैत ७ गतेको फैसलाले बैंकिङ् कसूर मुद्दामा ४ दिन र १० लाख १२ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं तीनकुनेबाट पक्राउ गरेको हो । खड्काले प्रभु बैंक लिमिटेड कोटेश्वर शाखाकोआफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भनी जानी-जानी पीडितलाई झुक्यानमा पारी चेकको रकम भुक्तान हुन नसकेकोघटनामा अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालतललितपुरमा पेश गरिएको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0