काठमाडौं, १२ असार – सुनसरी, दुहवी नगरपालिका-९ नहर चोकमा प्रदेश न.१-०४-००१ त १०२४ नम्बरको ट्याक्टर अन्यन्त्रित भईआइतबार बिहान दुर्घटना हुँदा ट्याक्टरका सहचालक सोही नगरपालिका-१२ सितापुर बस्ने १३ वर्षीय महमत ईर्फान मियाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको दुहबी सामुदायिक अस्पताल हुँदै विराट मेडिकल कलेजविराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ईलाम, माङसेबुङ गाउँपालिका-२ दहगाउँमा मे.१ ज ४८७ नम्बरको बोलेरो अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेर आइतबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा माङसेबुङ गाउँपालिका-६ बस्ने ५० वर्षीय प्रकाश राई, पाँचथर मिक्लाजुङ गाउँपालिका-५ बस्ने ६५ वर्षीय हिमप्रसाद लावती र ६० वर्षीया पदम कुमारी लावती रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार बोलेरो चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Views: 0