नर्भिकमा बालेन : दलबलसहित गए, म्याद दिएर फर्किए

२०७९ श्रावण २४, मंगलवार १७:०९ गते २०७९ श्रावण २४, मंगलवार १७:०९ गते २०७९ श्रावण २४, मंगलवार १७:०९ गते

२४ साउन, काठमाडौं । भाडामा लिएको जग्गामा बनाएको संरचना २४ घण्टाभित्र भत्काउन सूचना टाँस गरेको भोलिपल्ट मंगलबार दिउँसो काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह थापाथलीस्थित नर्भिक अस्पताल पुगे ।मेयर बालेनसँगै नगर प्रहरीको ठूलो संख्या अस्पताल पुगेको थियो । अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहसहितका अधिकारीले उनलाई भाडामा लिएको १ रोपनी ८ आना जग्गामा बनेको संरचनाको भ्रमण गराए । भाडामा लिएको जग्गामा बनेको संरचनाको अस्पतालले नक्सा पास गराएको छैन । त्यसैले महानगरपालिकाले भत्काउनलाई अल्टिमेटम दिएको हो ।

बालेनले सिंहलाई भने, ‘महानगरको जग्गा अतिक्रमण गर्नै पाईंदैन । फुटपाथले अतिक्रमण गर्दा पनि कानुन विपरीत हुन्छ, नर्भिकले गर्दा पनि हुन्छ ।’ भाडाको जग्गामा बनेको संरचनामा अस्पतालले अक्सिजन प्लान्ट, एमआरआई कक्ष आदि राखेको छ । अस्पतालका अधिकारीहरूले जग्गा भाडामा लिने विषयमा तत्कालीन भूमिसुधार मन्त्रालयसँग भएको सम्झौता देखाए । जसमा स्वास्थ्य उपचारबाहेक अरु प्रयोजनमा प्रयोग गर्न नपाउने व्यवस्था रहेको देखाउँदै आफूहरूले बनाएका संरचना सबै स्वास्थ्य उपचार प्रयोजनमै रहेको बताए ।

सम्झौतामा पक्की संरचना बनाउन नपाउने भनिएको भन्दै अस्पतालका अधिकारीहरूले अस्थायी संरचना मात्र बनाएको जिकिर गरे ।तर मेयर साहले स्थायी र अस्थायी संरचना भन्ने नै नहुने भन्दै हरेक संरचनाको नक्सा पास गर्नुपर्ने र अस्पतालले बनाएको संरचनाको नक्सा पास नभएको बताए । ‘अस्थायी भए पनि नक्सा पास गर्नुपर्छ, तपाईंहरूले पार्किङ बनाए पनि पास गर्नुपर्छ’ मेयर बालेनले भने । तर अस्पतालका अधिकारीले २०६२ सालमा सम्झौता गर्दा पक्की भवन बनाउन नपाइने भनिएको थियो र आफूहरूले त्यसै अनुसार काम गरेको भन्दै संरचना नभत्काउने अडान लिए ।

तर बालेनले संरचना भत्काउनैपर्ने अडान लिए । ‘तपाईंहरूलाई समय कति चाहियो ?’ उनले प्रश्न गरे । अस्पतालका अध्यक्ष सिंहले सम्झौता अनुसार ३ महिनाको समय चाहिने बताए । ‘यति धेरै बिरामी छन्, मिनिमम ३ महिनाको टाइम दिएर जाऔं’ उनले भने, ‘यो अस्पताल व्यक्तिका लागि हुँदै होइन, १०० जना बिरामी छन्, अक्सिजन नभए मान्छे जान्छ ।’ उनले भत्काउने भनिएको संरचनामा अक्सिजन प्लान्ट रहेको भन्दै त्यसको महत्व बुझ्न मेयर बालेनलाई आग्रह गरे ।‘एक घण्टामा हटाइदे, २४ घण्टामा हटाइदे भन्ने कुरा हुँदैन, मेयर साबले पनि सोच्नुपर्छ’ उनले भने । त्यसपछि बालेनले अर्को प्रस्ताव गरे । ‘प्राविधिकले जति भन्छ, त्यति समयमा हटाउने ।’

अस्पताल र काठमाडौं महानगरपालिकाका प्राविधिकले ती संरचनामा भएका अक्सिजन प्लान्टसहितका उपकरण सार्न जति समय निर्धारण गर्छ त्यसपछि संरचना भत्काउनुपर्ने उनले प्रस्ताव गरे ।यसमा अस्पतालका अध्यक्ष सिंहले भोलि महानगरपालिकाले नक्सा पास गर्न सक्ने अवस्था पनि आउन सक्ने बताए ।बालेनले यदि संरचना बनाउन पाउने भनी मन्त्रिपरिषदबाट पारित गराए पनि आफूहरूलाई मान्य हुने बताए । ‘क्याबिनेटबाट पास गराएर नक्सा पास गराउन सक्नुहुन्छ भने गराउनुस्’ उनले भने ।

त्यसपछि बालेन फर्किए । बालेन फर्किएपछि अस्पतालका अध्यक्ष सिंहले कुनैपनि हालतमा भत्काउन नसक्ने टिप्पणी गरे । ‘हामीले महानगरलाई यो विषयमा छलफल गरेर मात्रै अगाडि बढ्नुहोला भनेका थियौं । यसरी सिधै भत्काउँछु भन्न हुँदैन थियो । अब एउटा कमिटी बन्छ त्यहाँ महानगरको प्राविधिक टोली र हाम्रो टोली बस्छ, त्यसले निकालेको निष्कर्षकै आधारमा अनुसार अगाडि बढ्छौं’, उनले भने ।अध्यक्ष सिंहले अघि भने, ‘उहाँले भत्काउन त सक्नु नै हुन्न, भत्काउँछु भन्ने कुरा नै गलत हो । उहाँले पत्र काट्नै नहुने थियो काट्नुभयो । क्याबिनेट जाने कुरामा हामी सल्लाह गरेर मात्रै अगाडि बढ्छौं ।’ अनलाइनखबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *