राप्रपा प्रदेशसभा उम्मेदवार राजेन्द्र प्रजापति मतदाता माझ लोकप्रिय बन्दै

२०७९ कार्तिक २४, बिहीबार १७:३४ गते २०७९ कार्तिक २४, बिहीबार १७:३४ गते २०७९ कार्तिक २४, बिहीबार १७:३४ गते

काठमाडौं  । काठमाडौं क्षेत्र नं ५ (क) प्रदेशसभा सदस्य उम्मेदवार राजेन्द्र प्रजापतिले प्रतिबद्धता पत्रमा लेखिएका हरेक कुरा पूरा गर्ने बाचा गरेका छन् ।


राष्ट्रिय प्रजातन्त्र पार्टी बाट उम्मेदवार बनेका उनले काठमाडौंको क्षेत्र नं ५ ´क`को बिकास गर्न मेरो सम्पुर्ण समय देश र जनताको लागि बिताउने बताएका छन्।

राजनीतिलाई पेशा होइन सेवाको भावना बोक्न सके मात्र देश बिकास हुन्छ। देश अहिले भ्रष्टहरु चंगुलमा फसेको र राप्रपाले देशलाई त्यो संकट बाट जोगाउने भएकोले मेरो क्षेत्रको मतदाता ज्युहरुले मलाई मत दिएर जिताउनेमा म बिश्वस्त छु। यो क्षेत्रको मतदाता बुझ्ने हुनुहुन्छ के ठिक को ठिक भन्ने बुझ्नु भएको छ प्रजापतिले बताए।

काठमाडौं क्षेत्र ५ ´क` को चुनावी प्रतिस्पर्धामा गठबंधनको तर्फ बाट नेपाली कांग्रेस का भैरव सापकोटा र नेकपा एमालेको तर्फ बाट नारायण सिलवाल र राप्रपा बाट राजेन्द्र प्रजापति उम्मेदवार रहेका छन्।

काठमाडौं क्षेत्र नं ५ को प्रदेश ´क` अन्तर्गत काठमाडौं महानगरपालिका को वडा नं २,४,५ पर्द्छ । घरदैलोमा व्यस्त रहेका राप्रपाका राजेन्द्र प्रजापतिले घरदैलोका क्रममा पर्चा,पम्प्लेट बाड्दै चुनाव चिन्ह हलोमा भोट माग्दै टोल टोलमा मतदाता भेटघाट कार्यक्रममा बोल्दै उनले आफुले प्रदान गरेको प्रतिबद्धता सुरक्षित राख्न मतदातालाई आग्रह गरेका हुन् ।

यो पटकको मत सर्वेक्षण हर्ने हो भने ठुला दलको उम्मेदवार लाई फलामको चिउरा चपाउनु  पर्ने स्थिती छ। नेकपा एमाले को गठ मानिएको यो निर्वाचन क्षेत्रमा नेकपा एमाले भित्रको आन्तरिक किचलो र बागी उम्मेदवारका कारण पनि अन्य दललाई चुनावी मतपरिणाम आफ्नो पोल्टामा पार्न सहज देखिन्छ । राप्रपा का प्रजापतिको बढ्दो लोकप्रियता र मतदाताको राप्रपा प्रतिको बढ्दो आकर्षणले प्रजापति जित उन्मुख देखिन्छन् ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि विभिन्न राजनीतिक दलले घरदैलो अभियान र चुनावी सभालाई तीव्रता दिएसँगै चुनावी सरगर्मी बढेको हो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *