एनआरएनए मध्यपुर्वका संयोजक मनोज गोर्खाली कोभिड हिरो अवार्डद्वारा मलेसियामा सम्मानित

२०७९ माघ २०, शुक्रबार १४:३२ गते २०७९ माघ २०, शुक्रबार १४:३२ गते २०७९ माघ २०, शुक्रबार १४:३२ गते

मलेसिया । धादिङको बेनीघाट रोराङ स्थायि घर भई हाल युएईको दुवई बसी सामाजिक कार्य र ब्यावसाय गर्दै आएका मनोज कुमार श्रेस्ठ’गोर्खाली’ मलेसियाको क्वालालम्पुरमा चौथो सन्देश ईन्टरनेशनल सोसल अर्वाड कार्यक्रममा “(कोभिड हेरो अवार्ड-२०१९)”विधा तर्फबाट सम्मानित भएका छन ।
एनआएनए मध्यपूर्वको संयोजक एबं धादिङ अन्तराष्ट्रिय समाजका सल्लाहकार समेत रहेका गोर्खालीलाई क्रीयटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रालिले उक्त विधामा विगत १४ बर्ष देखी सामाजिक तथा परोपकारी क्षेत्रमा पुर्याएको योगदानको बापत कदर स्वरूप उक्त सम्मान गरेको जनाएको छ ।
उक्त कार्यक्रममा विभिन्न विधामा सम्मान प्रदान गरिएको थियो । सम्मानित भएका गोर्खालीलाई कार्यक्रमका प्रमुख अतिथि मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले यो अवार्ड प्रदान गरेका थिए ।
उक्त कार्यक्रममा मलेसियामा रहेका धेरै संघ सँस्थाको प्रतिनीधित्व रहेको थियो भने नेपाल,युएई,कम्बोडियालगाएतका देशबाट समेत अतिथीहरुको उपस्थिति रहेको थियो ।
गोर्खालीले हाल दुबई र नेपालमा बिभिन्न ब्यापार ब्यावसाय सन्चालन गर्दै आईरहेका छन भने सामाजिक क्षेत्रमा योगदान पुर्याउदै र समस्या परेका नेपाली हरुलाई सकेको सेवा गर्दै बिगत धेरै बर्षदेखी सामाजिक क्षेत्रमा योगदान पुर्याइरहेका छन ।
सामाजिक क्षेत्रहरुमा गोर्खालीले गरेको योगदानको उच्च मूल्यांकन गदै गोर्खालीलाई यो सम्मान बितरण गरिएको आयोजक सँस्थाले जनाएको छ । उक्त सम्मान पाएपछी खुशी ब्यक्त गर्दै गोर्खालीले आफुले निस्वार्थ रुपमा गरेको सामाजिक कार्यको मूल्यांकन गरेकोमा आयोजकलाई धन्यवाद ब्यक्त गर्दै यो अवार्डपछि अझै थप कार्य गर्ने उत्साह थपिएको र थप सामाजिक क्षेत्रमा कृयाशिल हुने बताए । उक्त सम्मान कार्यक्रममा चर्चित कलाकारहरू आनन्द कार्की, प्रीति आले, खेम सेन्चुरि, जेनिस उप्रेती, अञ्जली अधिकारी, प्रीति पासवान,रमेश दुलाल’कागे’,भ्वाइस अफ किड्सको बिजेता जेनिस उप्रेतीलगाएतका कलाकारहरुको भव्य प्रस्तुतिका साथ मनोरन्जनात्मक कार्यक्रम पनि सम्पन्न भएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *