काठमाडौं– भारतको बिहार राज्य केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। नेपाली समयानुसार बिहान ५:५० बजे भूकम्प गएको हो।
बिहारको अररिया बजार आसपास केन्द्रबिन्दू बनाएर ४.३ म्याग्नेच्यूडको भूकम्प गएको भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जानकारी दिएको छ।
भूकम्पको धक्का नेपालका सीमावर्ती जिल्लामा पनि महसुस भएको छ। नेपालका मोरङ, सुनसरी र उदयपुर जिल्लामा भूकम्पको धक्का महसुस भएको छ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0