एनआरएनएको उपाध्यक्ष निर्वाचित हुने विश्वासका साथ केसीले गरे उम्मेदवारी घोषणा

२०८० भाद्र ३, आईतवार ०९:१६ गते २०८० भाद्र ३, आईतवार ०९:१६ गते २०८० भाद्र ३, आईतवार ०९:१६ गते

३ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल २०२३–२५ का लागि उपाध्यक्षमा अष्ट्रेलियाबाट गणेश केसीले उम्मेदवारी घोषणा गरेका छन्।

लामो समयदेखि गैर आवासीय नेपालीका हक अधिकारकालागि विभिन्न संगठन तथा मञ्चमार्फत सक्रिय संघको वर्तमान उप महासचिब केसीले अष्ट्रेलियामा रहेर आफूले सिकेको ज्ञान, शिप र अनुभवलाई नेपाल र गैरआवासीय नेपालीको हक अधिकार तथा आर्थिक सम्बृद्धिका लागि प्रयोग गर्ने बताएका छन् ।

उनले आफूले बटुलेको अनुभव र अग्रजको संयोजनका आधारमा केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी दिएर संघलाई अर्को उचाइमा पुर्‍याउने उद्देश्य राखेको जानकारी दिएका छन् ।

‘सबैसँगको सल्लाह र सुझावका आधारमा उपाध्यमा उम्मेवारीको तयारी गरेको हुँ ।,’ केसीले भने ।

एनआरएनए स्कील तथा भोकेशनल एजुकेशन कमिटीको संयोजकको भूमिकामा रहेका केसीकै नेतृत्वमा नेपालमा विदेशी ज्ञान, सीप र प्रविधि हस्तान्तरणसहितको सीपमूलक कार्यक्रम समेत सञ्चालन भैरहेको छ । उनको यो सोच, शैली र उद्देश्यको यति बेला सर्बत्र प्रशंसा हुने गरेको छ ।

को हुन गणेश केसी ?

 

एनआरएनए भित्र चर्चित र लोकप्रिय अनुहार साथै इमानदार र शालिन व्यक्तित्वको छवीले ओतप्रोत केसी आँफै पनि सबल,सक्षम अनि अब्बल मानिन्छन् । विगत लामो समय देखी एनआरएनए अभियानमा सक्रिय गणेश केसी सामाजीक कार्यमा पनि उत्तिकै सक्रिय छन् ।विश्वका विभिन्न देशहरमा पुगेर गैर आवासीय नेपालीहरुको भावनालाई नजिकबाट नियालेका केसीले गैर आवासीय नेपाली संघको लागि निकै नै महत्वपूर्ण योगदान दिदै आएका छन् ।

सन् १९९५ देखि अस्ट्रेलियालाई कर्मभूमि बनाउदै आएका केसीले सन् २००१ मा एनएडिएफको नेतृत्व गर्दै सामाजीक क्षेत्रमा आफ्नो आबद्धता शूरु गरेका थिए । त्यसपछि उनले सामाजिक अभियानलाई निरन्तरता दिने क्रममा आफ्नो यात्रा निरन्तर रुपमा अगाडि बढाउदै सन् २००५ मा एनआरएनए संस्थापक साधारण सदस्य हुँदै सन् २००७ –२००९ को कार्यकालमा एनआरएनए अष्टे«लीयाको कार्यकारी सदस्य, सन् २००९–२०११ मा उपाध्यक्ष र सन्

२०११–२०१३ मा एनआरएनए अस्ट्रेलियाको अध्यक्ष २०१३–२०१५ मा अन्तराष्ट्रिय समन्वय परिषद् (आइसिसी सदस्य) २०२१-२०२३
एनआरएनए आईसीसीका उपमहासचिव हुदै हाल एनआरएनए व्यावसायिक शिक्षा ग्लोबल कमिटीका प्रमुख बन्न उनी सफल भएका थिए । सरल र सहृदयी भावना भएका केसीले आफ्नो काममा प्रतिबद्ध भएर लाग्दै एक पछि अर्को नयाँ नयाँ कामहरु गरेकै कारण उनले सबैको मन जित्न सफल भएको उनलाई नजिकबाट चिन्नेहरु बताउछन् ।

अस्ट्रेलियाबासी नेपालीहरुको विश्वास जित्दै मत परिक्षणबाट आफुलाई एनआरएनए भित्र स्थापित गर्न सफल केसीले आफ्नो कार्यकालमा महापुराणबाट संकलीत एक करोड पचास लाख बराबरको सामाजिक कल्याणकारी कोषको स्थापना गर्दै नेपाली समुदायको लागि ठूलो योगदान दिएका थिए ।

सातौ ओशिनिया क्षेत्रीय सम्मेलन भब्य र सभ्य रुपमा सिड्नीमा सम्पन्न गराउँदै एनआरएनएले अगाडी बढाएको हाईड्रो कलेक्टिभ इनभेष्टमेन्ट अन्तर्गत २७ करोड रुपैयाँ अस्ट्रेलियाबाट संकलन गर्न पनि उनी सफल रहे भने ।

सो क्रममा एनआरएनएको भवन निर्माणको लागि आर्थिक संकलन अभियान अगाडी बढाउन केसीलाई आसिनिया क्षेत्रको संयोजकको जिम्मेवारी दिईएको थियो । एनआरएनएको केन्द्रीय भवन निर्माणको लागि ओसेनिया क्षेत्रको जिम्मेवारी आएसँगै केसीले अह्रोरात्र खटिदै भवन निर्माणमा २ करोड रुपैयाँ संकलन गर्न सफल भए ।

त्यसैगरि उनी मलेसियामा सामाजिक कल्याणकारी कोष स्थापनाको लागि भएको आर्थिक सहयोग संकलन अभियानमा करिव १ करोड रुपैयाँ जम्मा गर्न पनि सफल रहे ।

एनआरएनएको भवन निर्माण, नेपालमा भूकम्प, नाकाबन्दी र हाल देखिदै आएको कोरोना महामारीमा केसीले मातृभूमीप्रति सेवाभाव दर्शाउदै आएका छन् । कोरोना महामारीमा विभिन्न स्वास्थ्य सामाग्री सहयोग र कोभिड कोषमा रकम जम्मा गर्ने जस्ता मानवीय कार्यमा पनि केसी सक्रिय छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *