एनआरएनए उपाध्यक्षका उम्मेदवारी गणेश केसीद्वारा निःशुल्क स्वास्थ्य शिविर

२०८० कार्तिक १, बुधबार २०:४१ गते २०८० कार्तिक १, बुधबार २०:४१ गते २०८० कार्तिक १, बुधबार २०:४१ गते

काठमाडौँ । गैरआवासीय नेपाली संघ को आगामी कार्यकाल २०२३–२५ का लागि उपाध्यक्ष पदमा गणेश केसीले ११ औं महाधिवेशनमा सहभागी सम्पूर्णको स्वास्थ्यलाई मध्ये नजर गर्दै निःशुल्क स्वास्थ्य शिविर संचालन गरेका छन।

मंगलबार देखि शुरू भएको एनआरएनएको ११ औं महाधिवेशन स्थल होटल सोल्टीमा विश्वभरि छरिएर रहेको गैरआवासीय नेपाली अग्रज तथा प्रतिनिधिहरुलाई डाक्टर सहित नि:शुल्क स्वास्थ्य परीक्षण तथा औषधि समेत वितरण गरेका हुन।

विश्वभरि छरिएर रहेको गैरआवासीय नेपाली अग्रज तथा प्रतिनिधिहरुलाई उपाध्यक्षमा उम्मेदवारी दिएको लगतै केसीले आफूलाई बहुमतले विजयी गराउन भोट अपिल नै जारी गरेका छन्। केसीले गरेको भोट अपिलमा भनिएको छ–”एनआरएनएको आगामी कार्यकाल २०२३–२५ का लागि उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएको छु । हामी सबैको चाहनाअनुरुप हुन लागेको यो निर्वाचनमा यहाँहरु सबैको संलग्नता रहने कुरामा म आशावादी छु । वर्तमान कार्यसमितिमा यहाँहरुको चाहनाअनुसार म उप–महासचिव पदमा रही काम गरेको र संस्थामा अझै जिम्मेवार भई काम गर्ने इच्छा भएकोले सबैको सुझाब र सल्लाहानुसर २०२३–२५ का निर्वाचनमा मैले उपाध्यक्ष पदमा उम्मेद्वारी दर्ता गरेको जानकारी गराउन पाउंदा अत्यन्त गौरबता महशुस गरेको छु।

विदेशमा विभिन्न कारणले विपतमा परेका नेपालीहरुलाई सक्दो सहयोग गर्ने र गराउने तथा उनीहरुको लागि उचित व्यवस्था गर्न र गराउने महत्वपूर्ण भूमिका निर्वाह गर्दैआएको छु। रोजगारीको सिलसिलामा कहीँकतै कुनै मुलुकमा समस्यामा परेका नेपालीहरुलाई सहयोग गरेर नेपालसम्म लाने व्यवस्था गर्ने कार्य गर्दैआएको छु। त्यस्तै, विदेशमा बेपत्ता भएका नेपालीहरुको खोजी गरेर उनीहरुको उद्धार गर्ने कार्यलाई पनि निरन्तरता दिने कार्य गर्नेछु। देशको इज्जत एबं गौरव बढाउने र कीर्तिमान कायम गर्ने, नेपालको पर्यटन प्रबद्र्धनमा सक्रियताका साथ अगुवाई र नेतृत्व गर्ने, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रबद्र्धन गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने, नेपालको सामाजिक, आर्थिक, रूपान्तरणका लागि आर्थिक, बौद्धिक र प्राविधिक लगानी जुटाउने लगायतका धेरै कार्य योजनाहरु मेरो छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *