काठमाडौं । होलिडे ट्रिप नेपाल ट्राभल एण्ड टुर्स प्रालिका प्रवन्ध निर्देशक तथा गोखार्ली रग्बी क्लबका संस्थापक अध्यक्ष समाजसेवी रोहित कार्की सम्मानित भएका छन् । सोमबार नागरिक क्रियशन प्रालिले नेपाल पर्यटन बोर्डमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले भव्य समारोहका बीच समाजसेवी रोहित कार्कीलाई सम्मान गर्नु भएको हो। सम्मानित कार्की विगत लामो समयदेखि खेलकुद क्षेत्रमा क्रियाशिल हुदै पर्यटन व्यवसायका साथै सामाजिक विकास र सेवामा समेत पनि उत्तिकै सक्रिय छन् । नागरिक क्रियशन प्रालिको अध्यक्ष याम बहादुर जि.सीको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजमा विशिष्ठ योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान तथा अवार्ड विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियोे ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0