युवा पर्यटन व्यवसायी रोहित कार्की सम्मानित

२०८१ बैशाख २९, शनिबार २१:३१ गते २०८१ बैशाख २९, शनिबार २१:३१ गते २०८१ बैशाख २९, शनिबार २१:३१ गते

काठमाडौं । होलिडे ट्रिप नेपाल ट्राभल एण्ड टुर्स प्रालिका प्रवन्ध निर्देशक ,युवा पर्यटन व्यवसायी तथा गोखार्ली रग्बी क्लबका संस्थापक अध्यक्ष समाजसेवी रोहित कार्की सम्मानित भएका छन् ।

शनिबार फोकस नेपालले सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), जमलमा नयाँ बर्ष २०८१ को शुभ अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नागरिक जनजीवनका लब्ध प्रतिष्ठित र विशिष्ट महानुभावहरूको उपस्थितिमा आयोजना गरेको “समुन्नत नेपाल निर्माणमा सामाजिक संघ संस्थाहरुको भूमिका” विषयक विचार गोष्ठी तथा सांस्कृतिक कार्यक्रमा प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष सम्मानीय नारायण प्रसाद दाहालले भव्य समारोहका बीच कार्कीलाई सम्मान गर्नु भएको हो।

सामाजिक कार्यमा समेत सक्रिय सम्मानित जोशीला युवा कार्की विभिन्न सामाजिक संघसंस्थामा आवद्धता भएका निरन्तर काम गर्न सक्ने क्षमतावान, दक्ष र उदाहरणीय युवा उद्यमी अभियन्ता पनि हुन् । पर्यटन व्यवसायी,प्रखर वक्ता, समाजसेवी, खेलकुद अभियन्ता समेत हुन् । लामो समय पर्यटन, खेलकुद प्रवद्धर्न, विकास, सामाजिक सेवा र आर्थिक समृद्धिको क्षेत्रमा काम गरेका रोहित कार्की सामान्य र सरल स्वभावका विभिन्न संघसंस्थामा आवद्ध छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *