बैरो संघको सचिवमा स्वतन्त्र उम्मेद्धवार इश्वर सापकोटाको चर्चा

२०८१ चैत्र २८, बिहीबार १५:४० गते २०८१ चैत्र २८, बिहीबार १५:४० गते २०८१ चैत्र २८, बिहीबार १५:४० गते

काठमाडौ,वैदेशिक रोजगार व्यवसायमा लामो अनुभव बटुलेका अक्सन इन्टरनेशनल प्रा.लि. का अध्यक्ष एबम सफल ब्यावसायी इश्वर सापकोटाले नेपाल वैदेशिक रोजगार व्यवसायी संघकोे निर्वाचनमा सचिव पदमा स्वतन्त्र उम्मेद्धवारी घोषणा गरेपछि उनको चर्चा चलेको छ । ब्याबसायीमाझ लोकप्रिय रहेका सापकोटासङ्गै सचिवमा अनिल बोगटी र कुन्छा दोर्जे डिम्दोङ्गले उम्मेदवारी दिएका छन ।

संघको नेतृत्वका लागि सफल व्यवसायी सापकोटाले व्यवसायीक हकहितमा काम गर्नका लागि स्वतन्त्र रुपमा सचिव पदमा उम्मेद्धवारी घोषणा गरेका छन ।
संघको नेतृत्वमा जानेहरुले ब्यावसायिक हकहितमा कार्य नगरेका कारण चित्त नबुझेर सक्षम र स्वतन्त्र व्यवसायीले नेतृत्व गर्नुपर्छ भन्दै सचिव पदमा आफुले उम्मेद्धवारी दिएकाले आफुलाई मत दिएर बिजयी गराउन सापकोटाले सबै ब्याबसायीलाई अनुरोध गरेका छन । वैदेशिक रोजगारलाई सम्मानित, मर्यादित र व्यवस्थित बनाउने मान्यता बोकेर संघको नेतृत्व गर्नका लागि अघि बढेको सापकोटाले बताए ।
व्यवसायीहरु मध्येबाट स्वतन्त्र छविका रुपमा परिचित सापकोटाकोे उम्मेद्धवारी घोषणासँगै स्वतन्त्र रुपमा लागेका व्यवसायी तथा अहिले नेतृत्वका लागि भएको तालमेलप्रति चित्त नबुझाएका धेरै व्यवसायीहरुले खुशी व्यक्त गरेका छन् ।
सापकोटाले संघको नेतृत्वमा आएपछि वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन पहल गर्ने,वैदेशिक रोजगारमा कुनै पनि सिन्डिकेट लागू हुन नदिने,नयाँ आकर्षक गन्तव्यको खोजीमा लाग्ने, जापानमा रोजगार मेला आयोजना गर्ने,युरोपलगाएतका देशमा रोजगार मेला आयोजना गर्ने, संस्थागत वैदेशिक रोजगारलाई बढुवा दिने र स्वतन्त्र रुपमा व्यवसाय गर्नेहरुलाई उच्च सम्मानका साथ सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन । व्यवसायी सापकोटाले विगत १७ वर्षदेखि वैदेशिक रोजगार व्यवसायमा लागेर नेपाली श्रमिकहरुलाई सुरक्षित र आकर्षक गन्तव्यमा पठाइरहेका छन् । उनले जापान र युरोपका विभिन्न देशमा नेपाली कामदारलाई पठाउदै आएका छन । संघका पुर्व अध्यक्ष बिष्णु गैरेका पार्ट्नर सापकोटाले आफुसङ्ग यस ब्याबसायमा आमूल परिवर्तन गर्ने आधारहरु भएकै कारण सचीवमा उम्मेदवारी दिएको दावी गरे ।

निःशुल्क जापानिज भाषा सिकाएर हालसम्म करिब २ हजार नेपालीलाई जापान पठाइसकेका सापकोटा अक्सन इन्टरनेशनल प्रा.लि. का अध्यक्ष र जापानका सफल ब्याबसायी हुन ।
मेनपावर व्यवसायीहरुको आफ्नै प्रशासनिक भवन हुनुपर्छ भन्ने मान्यता राख्ने सापकोटाले भवन खरिदका लागि अधिकतम आर्थिक सहयोग समेत गरेका थिए । उनले भवन खरिदका लागि ११ लाख ५५ हजार ५५५ संघलाई सहयोग गरेका थिए । उनको यो सहयोगलाई ब्याबसायीहरुले उच्च मुल्यांकन गरेका छन ।
सापकोटालाई बिजयी गराउन अहिले अग्रज र स्वतन्त्र ब्याबसायीहरु लागेका छन । सापकोटाको उम्मेदवारीसङ्गै उनको चर्चा हाल ब्याबसायीमाझ चुलिएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *