रसुवा । आमाछोदिङमो गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रमसहितको बजेट सार्वजनिक गरेको छ। शनिबार सम्पन्न दोस्रो गाउँसभा अन्तर्गत अठारौं अधिवेशनमा गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले उक्त बजेट प्रस्तुत गर्नुभएको हो।

अध्यक्ष तामाङले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाले आगामी वर्षमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, दिगो वातावरण संरक्षण तथा विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्ने बताउनुभयो।

“गाउँपालिकाको समग्र विकासका लागि योजनाबद्ध ढंगले अघि बढ्नुपर्ने आवश्यक छ,” अध्यक्ष तामाङले भन्नुभयो, “स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गर्दै जनताको जीवनस्तर उकास्ने कार्यक्रमहरूलाई प्राथमिकतामा राखिएको छ।”

उहाँले आगामी वर्षमा जनतालाई प्रत्यक्ष फाइदा पुग्ने कार्यक्रमलाई कार्यान्वयनमा ल्याइने र समावेशी तथा उत्तरदायी स्थानीय शासन प्रणालीलाई सुदृढ बनाउने लक्ष्य रहेको पनि स्पष्ट गर्नुभयो।

गाउँसभामा प्रस्तुत बजेट र कार्यक्रममाथि छलफलपछि पारित गरिने बताइएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *