Or

टेक्सासमा २० वर्षीय नेपाली विद्यार्थी कुशल अर्याल पाँच दिनदेखि सम्पर्कविहीन

२०८२ कार्तिक १७, सोमबार २१:४७ गते २०८२ कार्तिक १७, सोमबार २१:४७ गते २०८२ कार्तिक १७, सोमबार २१:४७ गते

फोर्ट वर्थ (टेक्सास, अमेरिका) | डेढ वर्ष अघि अध्ययनका लागि अमेरिकाको युटा पुगेका नुवाकोट जिल्लाका २० वर्षीय कुशल अर्याल पाँच दिनदेखि सम्पर्कविहीन भएका छन। कुशल हालसम्म परिवार र साथीहरूसँग सम्पर्कमा आएका छैनन्, र उनको फोन पनि निरन्तर बन्द छ।

उनी अन्तिम पटक आफ्नै साइकलमा बाहिर निस्किँदा देखिएका थिए। परिवारका अनुसार, कुशलले विगतमा प्रायः “युटाह जान मन छ” भनेर उल्लेख गर्ने गर्थे, त्यसैले DFW (Dallas Fort Worth ) क्षेत्रका साथै युटाह आसपासमा बस्ने सबैलाई सहयोगका लागि अनुरोध गरिएको छ।

कुशलको खोजीका लागि स्थानीय प्रहरीले हराएको उजुरी दर्ता गरी सक्रिय रूपमा अनुसन्धान अघि बढाइरहेको जानकारी प्राप्त भएको छ।

कसैले कुशललाई वा उनको साइकललाई कतै देख्नुभएको भए, कृपया तुरुन्तै फोन वा सन्देशमार्फत ८३२–४२५–६१४९ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

अत्यन्तै चिन्तित उनका परिवार यो सन्देश जहाँसम्म सकिन्छ त्यहाँसम्म फैलाइदिन हार्दिक अनुरोध गरेका छन ।

Views: 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

Or