काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो सोफा तथा फर्निचर कम्पनी सोफा हब काठमाडौले दशैं तिहार झड्का अफर योजनाको विजेता घोषणागरेको छ।

समस्त नेपालीहरुको महान चाड २०८२ सालको दशैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसँग पर्वको खुशी साट्न सोफा वा अन्यफर्निचरका सामान खरिद गर्ने ग्राहक मध्ये १० जना भाग्यशालीले निःशुल्क थाइल्यान्ड भ्रमण उपहार योजनाको मंगलबार नतिजा सार्वजनिक गरेको छ ।
‘लक्की ड्र’को नतिजा अनुसार विजेता हुनेहरूमा लक्ष्मी नेपाली, अर्जुन जोशी, विनोद लोध, प्रतीक्षा विक, कुशुम कला गणेश, बिनोद गुरुङ, जमुनाकेसी, गोमा लामिछाने, टम बहादुर सुनार र माधव प्रसाद दुलाल रहेका छन् ।
उक्त अवसरमा कम्पनीका अध्यक्ष तथा सीईओ तारालाल धरेलले सम्पूर्ण विजेताहरूलाई हार्दिक बधाई एवम् योजनामा सहभागीहरू सबैलाई विशेषधन्यवाद ज्ञापन गर्दै योजनामा ग्राहकहरूको उल्लेख्य सहभागिताले आफू लगायत कम्पनीलाई नै हर्षित बनाएको बताए । साथै उनले आगामी दिनहरूमासोफा हब काठमाडौले विभिन्न सुविधासहितको ग्राहकमुखी योजनाहरू लिएर ग्राहकहरू माझ आइरहने प्रतिबद्धता समेत व्यक्त गरे ।
स्थापना कालदेखि नै गुणस्तरीय सामग्री, दीर्घकालीन टिकाउपन, आधुनिक डिजाइन र उत्कृष्ट ग्राहक सेवाका कारण सोफा हब काठमाडौं उपभोक्तामाझनेपालकै विश्वासिलो ब्रान्ड बनेको छ।
देशभर हजारौँ ग्राहकलाई सेवा प्रदान गर्दै आएको यस कम्पनीले उत्पादनमा प्रयोग हुने कच्चा पदार्थदेखि लिएर डिजाइन र मर्मतसम्म उच्चतम मापदण्डपालना गर्दै आएको जनाएको छ। नेपालभर कम्पनीको १० वटा शाखा सञ्चालनमा रहेका छन्।
Views: 0

