यस्तो छ ओलीको तयारी, नेता–कार्यकर्तामा छ गतेपछि ‘उर्जा’ आउने

२०७५ मंसिर २, आईतवार ०२:५४ गते २०७५ मंसिर २, आईतवार ०२:५४ गते २०७५ मंसिर २, आईतवार ०२:५४ गते

यस्तो छ ओलीको तयारी, नेता–कार्यकर्तामा छ गतेपछि ‘उर्जा’ आउनेदैनिक नेपाल
काठमाडौं, २ मंसिर । दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको छ महिना भइसक्दा समेत गाउँ तहसम्म समानान्तर कमिटीहरू जीवित रहेको भन्दै आलोचना भैरहेका बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।

दुई पार्टीबीच केन्द्रदेखि गाउँ तहसम्म समायोजन र जिम्मेवारी तोक्नुपर्ने भन्दै दवाव भैरहेका बेला प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी ओलीले सचिवालयको बैठक बोलाएका हुन् । सचिवालयको बैठकमा नेताहरूको जिम्मेवारी र दुई पार्टीलाई गाउँ तहसम्म समायोजन गर्ने बारेमा छलफल हुने एक नेताले जनाएको छन् ।

पछिल्लोसमय बैठक बोलाउन पार्टी नेताहरूकै दवाव पर्न थालेको थियो । नेताहरूकै दवाव भएपछि ओलीले नेकपाको सचिवालय बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शुक्रबार सचिवालय बैठक बोलाउने विषयमा छलफल भएको थियो । त्यसपछि पार्टी सचिवालय बैठक बोलाउने निर्णय भएको जनाइएको छ ।

केन्द्रीय सचिवालयको बैठक मंसिर ६ गते बस्नेछ । कात्तिक ७ गते यता सचिवालय बैठकसमेत बस्न सकेको थिएन । स्थायी समिति बैठक पनि २१ असारयता बस्न सकेको छैन ।

बैठक बस्न नसकेकै कारण तल्लो तहसम्म नेकपाको एकता हुन सकेको छैन । तीन महिनाभित्र तल्लो तहसम्मको पार्टी कमिटी र जनवर्गीय संगठनको एकता प्रक्रिया टुंगो लगाइसक्ने बताए पनि नियमित बैठक बोलाउन नसक्दा अवरुद्ध छ ।

सचिवालय बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला संगठन गठन, केन्द्रीय सदस्यको कार्य विभाजनलगायत प्रस्ताव तयार हुने र लगत्तै स्थायी समिति बैठक बोलाई अनुमोदन गराउने तयारी छ ।

मसिंर ६ गते सचिवालयको बैठक बस्नेछ । प्रदेश कमिटी टुंग्याउने, जिल्ला कमिटी फाइनल गर्ने कुरा भएको एक नेताले बताए । त्यसपछि स्थायी समिति बसेर त्यसलाई अनुमोदन गर्नेछ ।

सचिवालय बैठकले स्थायी समिति बैठकका एजेन्डा र मिति निर्धारण गर्ने नेताहरूले बताएका छन् । सचिवालय बसेको दुई दिनभित्रै स्थायी समिति बोलाउने तयारी अध्यक्ष ओलीको छ ।

प्रदेश कमिटी सदस्यको चयन र केन्द्रीय सदस्यको कार्य विभाजन प्रस्ताव तयार पार्न कात्तिक ७ को सचिवालय बैठकले सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णु पौडेल रहेको कार्यदल गठन गरेको थियो ।

कार्यदलले प्रस्ताव अन्तिम चरणमा पु-याएको छ । बैठकमा कार्यदलले प्रस्ताव पेस गरेपछि छलफल गरी अन्तिम प्रस्ताव बनाई स्थायी समितिबाट अनुमोदन गराउने कार्यसूची छ ।

स्थायी समिति बैठकमा तल्लो तहसम्मको पार्टी एकता, जनवर्गीय संगठनको एकता, केन्द्रीय निकाय, सल्लाहकार परिषद्, केन्द्रीय विभाग, केन्द्रीय नेताको कार्य विभाजन, पोलिटब्युरो गठनदेखि सरकारको कामकारबाही तथा राजदूत नियुक्तिहरूका बारेमा समेत छलफल हुनेछ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *