पिएचडी गरिरहेका श्रीमानले भने, ‘जिब्रो कैंचीजस्तो तिखो चल्थ्यो त्यसैले काटिदिएँ’

२०७५ मंसिर ५, बुधबार ०९:०८ गते २०७५ मंसिर ५, बुधबार ०९:०८ गते २०७५ मंसिर ५, बुधबार ०९:०८ गते

भनिन्छ, शिक्षाले मानिसलाई सही बाटो देखाउँछ । तर भारतको रुडकीमा पिएचडी गरिरहेको एक व्यक्तिमा भने यो कुरा लागु हुँदैन ।

उत्तर प्रदेशको कानपुरका आकाश नाम गरेका एक  व्यक्तिले आफ्नी श्रीमतीको जिब्रो काटिदिएका छन् । अचम्मको कुरा त के छ भने पीडितका पिता पुलिसका थानेदार हुन् तर उनी आफ्नी छोरीलाई न्याय दिलाउन दौडधुप गरिरहेका छन् ।

आरोपीले श्रीमतीको जिब्रो काटिदिनुमा अचम्मको कारण बताए । उनका अनुसार श्रीमतीको जिब्रो कैंचीजस्तो तिखो चल्थ्यो त्यसकारण आफूले उनको जिब्रो नै काटिदिएको बताए । अहिले आरोपी पुलिसको पकडमा छन् ।

छोरीलाई न्याय दिलाउनका लागि थानाको चक्कर लगाइरहेका पीडितका पिता रामकिशोर शंखवारले एसएसपीसँग पनि भेटघाट गरेका छन् । उनका अनुसार अनुसार उनले छोरी वन्दनाको विवाह आकाशसँग सन् २०१७ को नोभेम्बर २८ तारिखमा गराइदिएका थिए । उनले विवाहमा करिब १२ लाख भारु खर्च गरेको उनले बताए ।

विवाहपछि आकाशले उनलाई दाइजोका लागि प्रताडित गर्ने गरेको पीडितले आरोप लगाइन् । गत सेप्टेम्बर १२ मा पनि श्रीमानले आफूलाई अत्यधिक कुटेको जसका कारण उनको टाउको फुटेको जानकारी दिइन् ।

पीडित भन्छिन्, ‘नोभेम्बर ६ तारिखमा दीपावलीको एक दिनअघि आकाशले मलाई जबर्जस्ती नशालु पदार्थ खुवाएर मेरो जिब्रो काटिदिए ।’

त्यसपछि पीडितले छिमेकीको मद्दतले आफ्नो घरमा सम्पर्क गरेको र सबै कुराको जानकारी दिएको बताइन् । मेडिकल रिपोर्ट आएपछि त्यसको आधारमा आरोपीविरुद्ध मुद्दा दर्ता गरिने पुलिसले जानकारी दिएको छ । रातोपाटी बाट साभार

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed