गलत ढंगले सास लिँदा आयु घट्छ, यो हो सही तरिका

२०७५ मंसिर ६, बिहीबार १६:४६ गते २०७५ मंसिर ६, बिहीबार १६:४६ गते २०७५ मंसिर ६, बिहीबार १६:४६ गते

सामान्यत एक दिनमा हामी २३ हजार पटक सास लिन्छौं । सास अर्थात अक्सिजन । यही हाम्रो प्राण हो । सास एक सामान्य र स्वभाविक प्रक्रिया हो । तर, सास लिने क्रममा हामी गतल तरिका अपनाइरहेका हुन्छौ। अर्थात पलपल हामी गलत ढंगले सास लिन्छौं । यसको नतिजा ?

विज्ञहरुले दावी गरेका छन्, ‘आयु घट्छ ।’

गलत ढंगले सास फेर्दा आयु घट्छ । यसको अर्थ हाम्रो शरीर कमजोर हुन्छ । शरीरका कार्यसंचालन सही र चुस्त ढंगले हुँदैन । विभिन्न शोधमा पाइएको छ कि, सही ढंगले सास फेर्ने हो भने, हामी आफ्नो आयु बढाउन सक्छौं ।

अहिलेको सन्दर्भमा किनपनि यो कुरा संवेदनशिल छ भने, हामीले आफ्नो शरीरलाई पुग्दो अक्सिजन ग्रहण गरिरहेका छैनौं । वातावरण प्रदूषित छ । धुलो-धूवाँले वायुमण्डल ढाकेको छ । त्यही कारण हामीले चाहेजति शुद्ध वायु शरीरमा आपूर्ति गर्न सकिरहेका छैनौं ।

खासमा साससँग हाम्रो आयुको गहिरो र सोझो सम्बन्ध छ । छोटो, अधुरो र उल्टो ढंगले सास लिदा हाम्रो वास्तविक आयु घट्छ ।

सास लिँदा हामी केही गल्ती गर्छौं । यदी त्यसमा सुधार गर्ने हो भने, हामी निरोगी, स्वस्थ र लामो जीवन पाउँछौं ।

कसरी सही तरिकाले सास लिने ?

हामी जति जति ठूलो हुँदै जान्छौं, उत्तिनै हाम्रो श्वासप्रश्वास क्रिया तिब्र हुँदै जान्छ । र, हाम्रो कोशिकासम्म सही ढंगले अक्सिजन पुग्दैन । यही कारण स्ट्रेट रेस्पन्स सिस्टम बढी सक्रिय हुन्छ । यसको नतिजा, हाम्रो रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदै जान्छ र रोगले हामीलाई छोप्न थाल्छ ।

फोक्सोको पूर्ण प्रयोग गरिदैन

शोधको परिणामले भन्छ, आधुनिक जीवनशैलीमा हुर्किएका पुस्ता गलत ढंगले सास लिइरहेका छन् । शोधमा के पाइएको छ भने आधुनिक पुस्ताले आफ्नो फोक्सामा सास भर्ने क्षमता केवल ३० प्रतिशत मात्र उपयोग गरेका छन् । बाँकी ७० प्रतिशत क्षमता प्रयोग नगर्दा त्यो निस्क्रिय रहन गएको छ ।

सास सधै पेटबाट लिनुपर्छ

हामीले सधै पेटको बलमा सास लिनुपर्छ । यस ढंगले सास लिँदा पर्याप्त मात्रामा अक्सिजनको आपूर्ति हुन्छ । साथसाथै यसले मानसिक रुपमा शान्त पनि तुल्याउँछ ।

जब हामी नाकले सास लिन्छौ, त्यो हावा पेटसम्म जानुपर्छ । यदी नाकले गहिरो सास लिने हो भन भने ७० देखि ८० प्रतिशत सम्म हावा डायफ्रामलाई मिल्छ । यो सास फेर्ने सबैभन्दा राम्रो तरिका हो ।

यो प्रक्रियाको सबैभन्दा राम्रो कुरा के हो भने यसले हामीलाई शुद्ध र फिल्टर भएको सास त मिल्छ नै साथै यसले डायप|mाम, लिभर, पेट र कोखको मजाज पनि गरिदिन्छ ।

 

नाकले सास लिनु

नाकले सास लिनु एक राम्रो अभ्यास हो । खासगरी हामी मुखले सास लिन्छौ । यसले गर्दा फोक्सोमा जाने हावा राम्ररी शुद्धिकरण वा फिल्टर हुन पाउँदैन । जबकी नाकले सास लिँदा त्यो राम्ररी फिल्टर हुन्छ । किनभने नाकले नै फिल्टरको काम गर्छ ।

बिस्तारै फेर्नुपर्छ

धेरै छिटोछिटो र तिव्र रुपमा सास श्वासप्रश्वास गर्नाले हावा ठिकसँग शरीरमा पुग्न पाउँदैन । यसैले जे काम गरेपनि विस्तारै र गहिरो सास लिनुपर्छ । साथै हावालाई महसुस गर्दै सासलाई पेटमा खिच्नुपर्छ ।

हामीले जति धेरै अक्सिजन पेटमा खिच्छौं हाम्रो शरीर त्यति नै स्वस्थ रहन्छ । यसैले धेरै प्रदुषणयुक्त स्थानमा जानबाट बच्नुपर्छ र यस्तो स्थानमा जानुपर्छ जहाँको हावा स्वस्थ र स्वच्छ छ ।


भ्रमण प्राणायामः मुटुदेखि फोक्सोसम्मलाई उपयोगी

प्राणयाम, सरल तर अति उपयोगी विधी हो । प्राणायाम भनेको श्वासप्रश्वासको अनुशासित क्रिया हो । योगसँगै प्राणायामलाई पनि जोडिन्छ । प्राणायामले शरीरमा अक्जिनको अभाव पूर्ति गर्नका साथै मनलाई स्थिर र शान्त राख्न सघाउँछ ।

भ्रमणको अर्थ हो घुमफिर । त्यसैले ‘भ्रमण प्राणायाम’को अभ्यास घुम्दै, टहलिँदै गरिन्छ ।

भ्रमण प्राणायाम एक प्रकारको श्वासप्रश्वास विधि पनि हो । यो प्राणायामको अत्यन्त सरल रुप हो । यसमा व्यक्तिले आफ्नो सासलाई विशेष प्रकारबाट भित्र लैजान्छ र फेरि बाहिर छोड्छ ।

स्वास्थ्यलाई ठिक राख्न यो प्राणायामले नपत्याउँदो काम गर्छ । यसबाट धेरै प्रकारका फाइदाहरु लिन सकिन्छ ।

यसरी गरौं भ्रमण प्राणायाम

–यो प्राणायाम गर्दा तपाईं नियमित टहलिनु पर्छ । टहलिँदा आफ्नो शरीरलाई एकदम सीधा राख्नुस र बिस्तारै बिस्तारै सास फेर्नुस । सास भित्र लिँदा १ देखि ४ सम्म गन्ति गर्नुस । त्यसपछि सास छाड्ने गरौं ।

-सास लिँदा अंक गन्ति गर्नुको साटो कुनै राम्रो विचार वा भगवानको ध्यान पनि गर्न सकिन्छ । यसका अतिरिक्त यो प्रााणायाममा सास लिनभन्दा छोड्न धेरै समय लगाउनुपर्छ । यो क्रिया गर्दा जबसास भित्र लिनुहुन्छ, यसलाई ४ देखि ५ कदमसम्म रोकेर राख्ने, अनि छाड्ने । आफ्नो सास रोक्ने क्षमतालाई बिस्तारै बिस्तारै बढाउँदै १० देखि १५ पटकसम्म गर्नुपर्छ ।

– सुरुवातमा यो प्राणायाम गर्दा आधा घन्टा टहलिने प्रयास गरिन्छ, जसमा सास भित्र लिने र छोड्ने अभ्यास सुरुवात र अन्त्यको २ मिनेट तथा बीचको २ मिनेट गरिन्छ । अभ्यासमा निपुण भएपछि यसलाई ४ मिनेट गरौं

प्राणायामका फाइदा

– भ्रमण प्राणायामको नियमित अभ्यास गर्दा शारीरिक कमजोरी दूर हुनुका साथै फोक्सो पनि बलियो हुन्छ।

– यो प्राणायाम अभ्यास गर्ने व्यक्तिहरुको मुटु बलियो हुनुका साथै हृदयघात हुने सम्भावना कम हुन्छ ।

– यसबाट कम उमेरमै कपाल झर्ने, फुल्ने आदि समस्याबाट छुट्कारा मिल्छ । कपालको समस्या हटाउनका लागि यो प्राणायाम गर्नैपर्छ ।

–यसको नियमित अभ्यासले धेरै प्रकारका रोगहरु जस्तै टीबी, श्वासप्रश्वास सम्वन्धी रोग, टाइफाइड आदिबाट बचाउ गर्छ ।

श्रोत-अनलाइन खबर 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *