पहिला साँप देखाएर महिला माथि बलात्कार ! पछि त्यहि साँपले डसेर बलात्कारीको मृत्यु !
बुधबार, मंसिर १२, २०७५ १३:४५:३५
चीनको एक होटल भित्रै साँपले डसेको कारण एक व्यक्तिको मृत्यु भएको छ। साँपले डसेर मृत्यु भएको भन्दै एक महिलाले प्रहरीमा खबर गरे पछि यस घटनाको खुलासा भएको हो।
प्रहरीलाई खबर गर्ने महिलाको अनुसार मृत व्यक्तिले उनी माथि बलात्कार समेत गरेका थिए। महिलाले बताए अनुसार मृत व्यक्तिसँग तीन साँप थिए। साँपको डर देखाएर उनी माथि बलात्कार भएको महिलाको भनाइ छ।
बलात्कार गरिसकेर साँपसँग बाथरुममा खेल्दै गर्दा साँपको डसाइबाट उनको मृत्यु भएपछि पीडित महिलाले प्रहरीलाई खबर गरेकी थिइन्।
बाथटबमा साँपसँग खेल्दै गर्दा ज्यान गयो
प्राप्त जानकारी अनुसार घटना नोभेम्बर २२ को रहेको छ। चीनको Fuzhou शहरमा रहेको एक होटलबाट प्रहरीलाई फोन गरेकी महिलाले प्रहरीलाई आफू माथि बलात्कार गरेको तर बलात्कार गर्ने व्यक्तिको मृत्यु भैसकेको बताएसँगै प्रहरी घटनास्थलमा पुगेको थियो।
साँपले टोकेपछि महिलाले मेडिकल टिमलाई खबर गर्नु पर्नेमा मृत्यु भैसकेपछि मात्रै प्रहरीलाई खबर गरेको हुँदा घटना शंकस्पाद देखिएको छ। अहिले प्रहरीलाई खबर गर्ने महिला माथि पनि अनुसन्धान भैरहेको अन्तराष्ट्रिय संचार माध्यमहरुले बताएका छन्।
Views: 0