नाबालिकामाथि बलात्कार गर्ने युवकको यसरि गरियो हत्या…

२०७५ मंसिर १८, मंगलवार २२:०५ गते २०७५ मंसिर १८, मंगलवार २२:०५ गते २०७५ मंसिर १८, मंगलवार २२:०५ गते

अहमदाबाद (गुजरात) : एकजना १४ महिने नाबालिकाको बलात्कार भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातबाट ५० हजार भन्दा धेरै उत्तर प्रदेश-बिहारबासी लखेटिएका छन् ।

नाबालिकामाथि बलात्कारपछि असुरक्षित ५० हजार भन्द धेरै उत्तर भारतका बासिन्दाले १५ दिनमा गुजरात छाडेका हुन् । यसैक्रममा उत्तर भारतीय भागिरहेको समाचारबीच गुजरातको सुरतमा गया (बिहार) का एकजना युवकको रडले कुटेर ज्यन लिइएको छ।

शुक्रवार राति अमरजीत नामका युवकलाई पन्डेश्वरा इलाकास्थित एक मिलबाट काम सकेर फर्किँदै गर्दा ज्यान लिइएको हो । त्यही बेला केही मनिसले उनीमाथि आक्रमण गरेर ज्यन लिएका हुन् ।

मृतक गयाको कौडिया गाउँका बासिन्दा थिए । १५ वर्षदेखि सुरतको मिलमा काम गर्दै उनी एक मजदुर कन्ट्र्याक्टरका रुपमा पनि सक्रिय थिए । घटनाको खबर पाएपछि परिवारका सदस्यको रोएर बेहाल भएको छ। परिवारजनले छोराको मृत्यु गुजरातको हिंसामा भएको बताएका छन् ।

२८ सेप्टेम्बरमा गुजरातको साबरकाँठामा एक १४ महिने नाबालिकामाथि बलात्कार भएको थियो । नाबालिकामाथि बलात्कारको घटनापछि गुजरातका उत्तरभारतीयको जीवनमा भुइँचालो आइसकेको छ।

यस घटनामा बिहारका एक युवक गिरफ्तार भएका छन् । त्यसपछि गुजरातमा युपी बिहारका मानिसमाथि हिंसा सुरु भएको हो ।

उनीहरुलाई गुजरात छोड्ने अल्टिमेटम दिइयो । गुजरतमा आक्रमण तीब्र भएपछि अहिलेसम्म करिब ५० हजार उत्तर भारतीयले गुजरात छाडिसकेका छन् ।

उनीहरुको अनुहारमा रोजी रोटी खोसिएको पीडा प्रष्ट देख्न सकिन्थ्यो । समाचार अनुसार कांग्रेस विधायक अल्पेश ठाकोरको भाषणपछि गुजरातमा हिंसा भड्किएको हो । उनका दुई भिडियो सामाजिक सञ्जालमा भाइरल भएका छन् । तर उनी आफैँले भने आफूलाई यस मामिलाबाट टाढै राखेको जिकिर गरेका छन् ।

गोरखा खबर बाट

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed