हेर्नुहोस वैज्ञानिक आइज्याक न्यूटनका सोंच बदल्ने २० प्रेरक वाणी: अबस्य हेर्नैपर्नी

२०७५ मंसिर २३, आईतवार २१:२९ गते २०७५ मंसिर २३, आईतवार २१:२९ गते २०७५ मंसिर २३, आईतवार २१:२९ गते

अर्बौं जनसंख्या भएको यो विश्वमा कति मानिस जन्मिन्छन् र मर्छन् कुनै हिसाब किताब हुँदैन । तर, केही यस्ता मानिस पनि हुन्छन् जसलाई यो दुनिया छोडेर गएको शताब्दियौं पछिसम्म पनि सम्झिन्छ।

आफूले गरेका राम्रो कामको कारण उनीहरुले आफूलाई अमर बनाउँछन् । यस्तै मानिसहरु मध्ये एक हुन् बेलायती वैज्ञानिक सर आइज्याक न्यूटन।

विज्ञानको दुनियामा आइज्याक न्यूटन यस्तो हस्ती हुन् जसले गुरुत्वाकर्षणको नियम र चालको नियम सबैभन्दा पहिले प्रतिपादन गरेका थिए ।

उनले गुरुत्वाकर्षणको नियम बताउँदै भनेका थिए, ‘कुनै अज्ञात शक्तिले चीजलाई आफूतर्फ खिच्छ । यो नियम ब्रहृमाण्डको प्रत्येक कणमा लागु हुन्छ । हरेक कण ले अर्को कणलाई आफूतिर खिच्छ ।’

न्यूटन विश्वचर्चित वैज्ञानिक मात्रै नभई एक दार्शनिक पनि थिए । आज हामी आइज्याक न्यूटनको महान विचारको बारेमा कुरा गर्न गइरहेका छौं ।
आइज्याक न्यूटनको प्रेरक भनाईहरु– हरेक क्रियाको बराबर तर विपरित प्रतिक्रिया हुन्छ – जो माथि जान्छन् उनीहरु तल आउनु स्वभाविक हो ।– म अरुजस्तै साधारण नै छु तर मेरो प्रयोगले मलाई असाधारण बनाइदिएको छ ।– हामी मानिसले पर्खाल त धेरै बनायौं तर, पुल पर्याप्त बनाएनौं ।-म आकाशिय पिण्डहरुको गणना त गर्न सक्छु तर मानिसको पागलपनको गणना गर्न सक्दिन । – उत्थान पछि विनाश पनि सम्भव छ ।– त्रुटी कलामा हुँदैन बरु कलाकारमा हुन्छ ।-यदि मैले मानिसको कुनै पनि सेवा गरेको छु भने यो मेरो सोचको कारण नै सम्भव हुन सकेको हो ।-म पनि साधारण नै छु, मेरो सफलताको राज अरु कुनै शक्ति होइन मेरो निरन्तरको प्रयास र कोशिश हो ।-कुनै पनि खोज साहसिक निर्णय बिना असम्भव छ ।– एक वस्तु त्यतिखेर सम्म आफ्नो सिधा रेखामा गतिशिल रहन्छ जबसम्म उसमाथि कुनै बाहिरी बल नगर्नुहोस् ।-प्रकृति सँधै सादगीमा नै खुसी हुन्छ ।– मेरो लागि सांसरिक सम्मान वा गौरव कहिल्यै पनि विज्ञानको क्षेत्रमा प्रगति भन्दा ठूलो होइन ।– यदि म अरुको तुलनामा आफूलाई अगाडि पाउँछु भने यस्तो दिग्गजको काँधको सहारामा नै गर्न सकेको हुँ ।– धैर्य नै प्रतिभा हो ।– कुनै पनि अन्य सबूतको अनुपस्थितीमा एक्लो औंला मलाई भगवानको अस्तित्वको बारेमा बुझाउनको लागि प्रेरित गर्छ ।– प्लेटो मेरा साथी हुन र अरिस्टोटल पनि मेरा साथी हुन् तर मेरो सबैभन्दा ठूलो साथी सत्य हो ।– कसैलाई पनि आफ्नो दुश्मन नबनाइ आफ्नो लक्ष्य प्राप्त गर्ने कला चातुर्यता हो ।– म यो संसारको लागि के हुँ म जान्दिन तर, मेरो नजरमा म समुन्द्रको किनारमा चिल्लो पत्थर र सीप खोज्न व्यस्त बच्चा समान हुँ । जबकी मेरो अगाडि सत्यको अबुझ अथाह सागर फैलिएको छ ।– कडा मेहनत पछि मात्रै मैले आफूलाई यस्तो बनाउन सकेको छु ।(अनलाइन खबरबाट साभार)

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed