हात्तीपाइले रोग सम्बन्धी एक दिने अभिमुखीकरण

२०७४ फाल्गुन ५, शनिबार १४:३४ गते २०७४ फाल्गुन ५, शनिबार १४:३४ गते २०७४ फाल्गुन ५, शनिबार १४:३४ गते

ओमप्रकाश गुप्ता
देउखुरी ५ फागुन । हात्तीपाइले रोग सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम शनिवार राप्ती गाउँपालिका ३ मसुरीयामा सम्पन्न भएको छ । राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा कार्यक्रम भएको हो । यहि फागुन १२,१३ र १४ गते हात्ती पाइले औषधी खुवाउने कार्यक्रम अन्र्तगत सरोकारवालाहरु मार्फत प्रचारप्रसारका लागि कार्यक्रमको आयोजना गरिएको थियो । गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा हात्ती पाइले रोगको परिचय, रोग सर्ने तरिका,लक्षण,उपचार विधि, औषधी खान हुने र नहुने विधिका बारेमा जानकारी गराइएको थियो । ४० जनाको सहभागीता रहेको कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखाका संयोजक नारायण राउत र सहसंयोजक नवराज न्यौपानेले गरेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *