सरकारी दमनका विरुद्ध फाल्गुन ८ गते नेपाल बन्द(विज्ञप्तीसहित)

२०७४ फाल्गुन ६, आईतवार १४:२९ गते २०७४ फाल्गुन ६, आईतवार १४:२९ गते २०७४ फाल्गुन ६, आईतवार १४:२९ गते

नेपाल कम्युनिष्ट पार्टीले सरकारी दमनका विरुद्ध फाल्गुन ८ गते नेपाल बन्द गर्ने भएको छ । प्रहरीले अाज दिउसाे विराटनगरमा राष्ट्रिय युवा जनस्वयंसेवक राष्ट्रिय सम्मेलनको उद्घाटन गर्न जाँदै गर्दा पार्टीका स्थायी समितिका सदस्य सुदर्शन, पीबीएम पदम राई लयागतका दर्जनौं युवाहरुलाई गिरफ्तार गरेपछि पार्टी महासचिव विप्लवले एक विज्ञप्ती जारी गर्दै राज्य आतंक विरुद्ध साथ दिएर नेपाल बन्दलाई सहयोग गर्न सबैलाई आव्हान गर्नुभएको छ ।

विज्ञप्तीमा भनिएको छ–“ यो गिरफ्तारीले राजनैतिक स्वतन्त्रताको स्वर उराल्ने पुँजीवादी संसदीय व्यवस्थाको दमनकारी, जनघाती चरित्रलाई उदांगो पारेको छ । साथै कम्युनिस्ट नामबाट सरकारमा पुगेको ओली पाखण्डी एवं दमनकारी चरित्रलाई पनि नांगो बनाइदिएको छ । हाम्रो पार्टी यो गिरफ्तारीको घोर भर्तसना गर्दछ । आफ्नो सरकारी काम नै जनता र पार्टीमाथि दमन गरेर शुरु गर्ने ओली सरकारको यो कदम रोक्न र गिरफ्तार वरिष्ठ नेताहरु लगायतलाई विना शत मुक्त गर्न माग र आग्रह गर्दछौं । अन्यथा ओली सरकारको दिनगन्ती यहीबाट शुरु भएको चेतावनी दिन चाहान्छौं ।”
साथै युवाहरुलाई दमनको कुनै प्रवाह नगरी बन्दलाई सफल गर्न र सम्मेलनलाई संघर्षमा बदल्न आग्रह गर्नुभएको छ ।

विज्ञप्तीको पूर्ण पाठ

 

विषयः–प्रेस विज्ञप्ती

आज फागुन ६ गते युवाहरुको संगठन राष्ट्रिय युवा जनस्वयं नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन विराटनगरमा थियो । सम्मेलनको उद्घाटन गर्न हाम्रो पार्टीका स्थायी समितिका सदस्य कमरेड सुदर्शन, पीबीएम कमरेड पदम राई लयागतका नेताहरु जाँदै हुनुहुन्थ्यो । विराटनगर पुग्दै गर्दा चार दिन अघि मात्र गठन भएको कथित सामाजिक दलाल पुँजीवादी केपी ओलीको सरकारले विना कारण कमरेड सुदर्शन र पीबीएम पदम राई लगानयत दर्जनौं युवा कमरेडहरलाई गिरफ्तार गरेको छ । यो गिरफ्तारीले राजनैतिक स्वतन्त्रताको स्वर उराल्ने पुँजीवादी संसदीय व्यवस्थाको दमनकारी, जनघाती चरित्रलाई उदांगो पारेको छ । साथै कम्युनिस्ट नामबाट सरकारमा पुगेको ओली पाखण्डी एवं दमनकारी चरित्रलाई पनि नांगो बनाइदिएको छ । हाम्रो पार्टी यो गिरफ्तारीको घोर भर्तसना गर्दछ । आफ्नो सरकारी काम नै जनता र पार्टीमाथि दमन गरेर शुरु गर्ने ओली सरकारको यो कदम रोक्न र गिरफ्तार वरिष्ठ नेताहरु लगायतलाई विना शत मुक्त गर्न माग र आग्रह गर्दछौं । अन्यथा ओली सरकारको दिनगन्ती यहीबाट शुरु भएको चेतावनी दिन चाहान्छौं । ऐतिहासिक सम्मेलनमा जुट्नु भएका युवाहरुलाई दमनको कुनै प्रवाह नगरी युवाहरुको इतिहास नै न्यायको लागि विद्रोहसँग जोडिएको स्मरण गर्दै आफ्नो सम्मेलन सफल गर्न र सक्षम एवं जुझारु नेतृत्व निर्माण गर्न आव्हान गछौं ।

यदि ओली सरकारले हाम्रो आग्रहलाई वेवास्ता गरेमा यही फागुन ८ गते नेपाल बन्द हुने जानकारी गराउँदछौं । बन्दलाई सफल गर्न युवाहरुले सम्मेलनलाई संघर्षमा बदल्न आग्रह गर्दछौं । साथै आम नेपाली न्याय प्रेमी जनतालाई राज्य आतंक विरुद्ध साथ दिएर नेपाल बन्दलाई सहयोग गर्न आव्हान गर्दछौं ।

 

 

विप्लव

महासचिव

मितिः–२०७४ फागुन ६ गते

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *