अण्डामा आत्मनिर्भर दाङ दैनिक साढे दुई लाख उत्पादन

२०७४ चैत्र ६, मंगलवार १६:२६ गते २०७४ चैत्र ६, मंगलवार १६:२६ गते २०७४ चैत्र ६, मंगलवार १६:२६ गते

लिलाधर वली

दाङ, ६चैत्र ।

दाङमा दैनिक करिव साढे दुई लाख अण्डा उत्पादन हुने गरेको जनाएको छ । जिल्ला पशु सेवा कार्यालय दाङमा जिल्लाका देउखुरी तथा दाङ उपत्यकाका विभिन्न स्थानमा दैनिक दुई लाख ३४ हजा तथा मासिक ७० लाख ३८ हजार भन्दा बढि अण्डा उत्पादन हुने गरेको बताएको हो । यहां उत्पादन भएका अण्डा केहि जिल्लामा खपत हुने गरेपनि बाँकी जिल्लाबाहिर जाने गरेको कार्यालय जनाएको छ ।
जिल्लामा भएका करिव ६४ बढि कुखुरा फर्मवाट दैनिक उक्त अण्डा उत्पादन हुने गरेको जिल्ला पशु सेवा कार्यालय दाङका प्रमुख चन्द्रबहादुर रानाले बताए । अण्डा उत्पादनका लागि व्यवसायीहरुले लेयर्स जातका कुखुराहरु पाल्ने गरेका छन । कुखुराको माउलाई हुर्काएपछि कुखुराले लामोसमयसम्म अण्डा उत्पादन गर्ने भएकाले पनि अण्डा उत्पादनमा व्यवसायीहरुको आकर्षण बढेको छ । यसरी जिल्लामा उत्पादन भएको ९० प्रतिशत अण्डा जिल्ला बाहिर जाने गरेको प्रमुख रानााले बताए ।
‘जिल्लाको उत्पादनको आधारमा दश प्रतिशत अण्डामात्र जिल्लमा खपत हुने गरेको छ’,कार्यालय प्रमुख रानाले भने,‘बाकी ९० प्रतिशत अण्डाहरु जिल्ला बाहिर जाने गर्दछन ।’
कार्यालयका अनुसार दाङमा उत्पादन भएको अण्डा महेन्द्रनगर, बुटवल, नेपालगंज, गुल्मी, अर्धाखाचीसँगै राप्तीका सल्यान, रोल्पा, प्युठान, रुकुमलगाएतका जिल्लाहरुमा जाने गरेको छ । कार्यालयको रेकर्र्ड अनुसार पशु सेवा कार्यालयमा दर्ता भएर व्यवसायिक रुपमा अण्डा उत्पादन गर्ने ६४ वटा फर्महरु रहेपनि दर्ता नभएर ग्रामीण क्षेत्रमा थोरै लगानीमा व्यवसायी गर्ने अलि धेरै किसानहरु संलग्न रहेको प्रमुख राना बताउछन ।

‘कार्यालयमा थोरै कर्मचारी भएका कारण जिल्लाभरको अनुगमन हुन सकिरहेको थिएन’, उनले भने, ‘पशु सेवा कार्यालयको अधिकार स्थानीय तहमा गएसँगै अव सानो पुजीका व्यवसाय पनि कानूनी दायरमा आउने छन ।’ कार्यालय प्रमुख रानाका अनुसार अण्डामा दाङ आत्मनिर्भर भएको बताए । ‘अण्डामा आत्मनिर्भर बन्नका लागि जिल्लाको आवश्यकता पुरा गर्न सक्नुपर्छ,स्वास्थ्य मन्त्रालयको तथ्याङक अनुसार एउटा व्यक्तिलाई प्रतिव्यक्त बर्षमा ४८ वटा अण्डा आवश्यक रहन्छ’,कार्यालय प्रमुख रानाले भने,‘त्यो आवश्यकतालाई पुरा गर्दै बढि अण्डा उत्पादन भैरहेको छ ।’
२०६८ सालको जनगणना अनुसार दाङको जनस्ांख्या ५ लाख ५२ हजार पाँच सय ४३ रहेको छ तर यहाँ मासिक रुपमै ७० लाख बढि अण्डा उत्पादन भैरहेको छ । यो तथ्याङकका आधारमा पनि दाङ नेपालमै अण्डा उत्पादन हुने जिल्लाहरु मध्ये तेश्रो स्थानका रुपमा परिचत छ । ‘नेपालमा अण्डा उत्पादनका लागि सवैभन्दा राम्रो जिल्ला चितवन र त्यसपछि काभ्रे जिल्ला हो,’कार्यालय प्रमुख राना भन्छन,‘त्यसपछि अण्डा उत्पादनमा दाङ जिल्लालाई लिने गरिन्छ ।’ जिल्लामा कुखुरा पालन गरेर अण्डा उत्पादन बढेसँगै रोजगारीका अवसरहरु समेत सृजना भएका छन ।

कायालयका अनुसार दाङमा पछिल्लो समय कुखुरापालन व्यवसायमा ठुलो लगानी भएको छ । अण्डा विक्रि गर्न सहजसँगै राम्रो आम्दानी हुने गरेपछि कुखुरापालनका क्षेत्रमा ठुलो लगानी भएको कार्यालय प्रमुख रानाले बताए । अण्डा जिल्लाका सहरी क्षेत्रहरु घोराही,तुलसीपुर,लमही,नारायण,भालुवाङलगायतका क्षेत्रमा विक्रि हुने गरेको छ । अहिले अण्डा उत्पादन गर्ने फर्मदेखि अण्डा सप्लार्यस गर्नेसम्म करिव २ सय ५० बढिले जिल्लामा रोजगारी प्राप्त गरेको पशु सेवा कार्यालयले जानकारी दिएको छ । अण्डा उत्पादनसँगै जिल्लामा पछिल्लो सयम कुखुराका बच्चा उत्पादन गर्ने ह्याचरी खुल्ने क्रम बढ्दै गएको पशु सेवा कार्यालयले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *