दाङ, २७ असोज । राष्ट्रियसभा सदस्य कोमल वलीले शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले बंग्याएको स्टेरिङ ठाउँमा ल्याउन केपी शर्मा ओली नेतृत्वको अहिलेको सरकारलाई मुस्किल परिरहेको स्पष्ट पारेकी छिन्।
शनिबार तुलसीपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले अघिल्लो सरकारले गाडी रूपी देशको स्टेरिङ र सबै पाटपूर्जा बिगारेर काम नलाग्ने बनाएको आरोप समेत लगाइन्।
वलीले दाङ प्रदेश राजधानी हुन नसक्नुको कारण पनि अघिल्लो सरकारकै गल्ती भएको औंल्याइन् । from reportersnepal
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0