भक्तपुर : जबरजस्ती करणी गरेको अभियोगमा ७० वर्षिय दुई बृद्धसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
अपांगता भएकी १३ वर्षिया बालिकालाई ललाई फकाई फरक मिति र स्थानमा जवरजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा प्रहरीले चाँगुनारायण नगरपालिका–४ संगमटोलबाट प्रहरीले ७० वर्षिय दुई वृद्धलाई सोमवार पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा श्यामबहादुर मिजार र घटेरो सार्की रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरिक्षक रेवतीरमण पोखरेलले जानकारी दिए। त्यसैगरी एक ३० वर्षिय युवतीलाई ललाई फकाई होटलमा लगेर जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुर बेलडाडी स्थाई घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका–१, दुवाकोट बस्ने ३२ वर्षिय विष्णु बहादुर शाहीलाई पक्राउ गरेको छ।
शाहीले भक्तपुर दुधपाटीस्थित एक होटलमा ती युवतीलाई जबरजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा पक्राउ गरी कारवाही अघि बढाएको प्रनाउ पोखरेलले बताए। पक्राउ परेका तीन जनालाई जिल्ला अदालत भक्तपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको उनले बताए।
-थाहा खबर
Views: 0