नयाँ दिल्ली: बलीउडकी अभिनेत्री तब्बू आफ्नो दमदार अभिनयको लागि परिचित छिन् । ४ नोभेम्बरमा हैदरावादमा जन्मेकी तब्बूले कैयौं हिट चलचित्रमा काम गरेकी छिन् ।
हालसालै उनको चलचित्र ‘अन्धाधुन्ध’ रिलीज भएको छ । जसमा उनको साथमा आयुष्मान खुराना र एक्ट्रेस राधिका आप्टे मुख्य भूमिकामा छन् । हैदराबादमा जन्मेकी तब्बूले त्यहीँबाट आफ्नो पढाई पूरा गरेपछि उनी मुम्बई आइन् । केही समय पछि नै तब्बू र अभिनेता जैकी श्राफको एक खबरलाई लिएर काफी चर्चा भएको थियो । तब्बूकी दिदी फरहा आफ्नो चलचित्र ‘दिलजला’ को शूटिङ्ग गरिरहेकी थिइन् । यो चलचित्रमा उनको साथमा अभिनेता जैकी श्राफ लिड रोलमा थिए । यही चलचित्रको शूटिङ्गको समयमा तब्बू पनि कहिले कहिले सेटमा आउने जाने गर्थिन् ।
भनिन्छ कि यो चलचित्रको शूटिंग सकिने बित्तिकै अभिनेता डेनीले आफ्नो घरमा पार्टी राखेका थिए । जसमा तब्बू पनि आफ्नी दिदी फरहाको साथमा डेनीको घर पुगेकी थिइन् । यो पार्टीमा जैकी श्राफ पनि सहभागी भएका थिए । जैकीले यो पार्टीमा यति धेरै रक्सी पिए कि उनले तब्बूलाई जबरजस्ती गर्न थाले । तब्बूले आफ्नो अभिनयको शुरुवात १५ वर्षको उमेरमा ‘हम नौजवान’ बाट गरेकी थिइन् । चलचित्रमा उनले देव साहबकी छोरीको भूमिका गरेकी थिइन् । फिल्म ‘पहिला पहिला प्यार’मा तब्बू पहिलो पटक मुख्य भूमिकामा आएकी थिइन् । तब्बूले अहिले सम्म विवाह गरेकी छैनन् ।
हुनत उनको नाम साउथका अभिनेता नागार्जुनसँग पनि जोडिएको थियो । प्रेम, हिम्मत, जीत, माचिस, चाची ४२०, हेरा फेरी, चाँदनी बार, चीनी कम, जय हो, हैदर, दृश्यम, गोलमाल जस्तो चलचित्रमा आफ्नो अभिनयको लागि उनलाई एकदमै तारीफ मिलिसकेको छ ।
-युवा पोस्ट
Views: 0