भेटियो साक्षात पाथिभरा माताको पाइला , पत्याउनै गारो हुने अनौठो रहस्य (भिडियो सहित)

२०७५ माघ २३, बुधबार ०५:४७ गते २०७५ माघ २३, बुधबार ०५:४७ गते २०७५ माघ २३, बुधबार ०५:४७ गते

अन्धविश्वास नै सहि तर अहिलेको २१ वौ शताब्दीमा पनि दैविक शक्तिमा विश्वास गर्नेको कुनै कमि छैन। त्यसैले त देवीदेवता चढेको भन्दै पुरुष बाबा अनि महिला माताहरु रातारात इन्टरनेट तथा सामाजिक संजालमा रातारात भाइरल हुँदै आएका छन्।

तर के सक्षात पाथिभरा माताको पाइला नै भेटियो भन्दा तपाइलाई पत्यार लाग्ला ? अवश्य दर्शकबृन्दहरु झट्ट सुन्दा कसैले विश्वास नगर्ने यो सत्यलाइ आज हामी तपाईहरु समक्ष प्रस्तुत गर्दैछौं। तपाईहरुलाई यदि पाथिभरा माता प्रति आश्था छ भने कृपया भिडियो को तल कमेन्ट बक्स मा गएर जय पाथिभरा माता लेखिदिनु होला र यो भिडियो अन्तिमसम्म हेर्नुहोला।

पाथिभरा माताको नामले चिरपरिचित झापाका जनम भट्टराईले हाम्रो पहिलो अन्तरवार्तामा उनले आफुमा पाथीभरा माता नै प्रवेश भएको प्रमाण स्वरुप पाथीभरा माताको पाइला आफुसंग रहेको दावी गरेका थिए तर देखाएका भने थिएनन् । तर यो पटकको कुराकानीमा भने पाथिभारा माताको पाइला उनकै आँगनमा रहेको भन्दै उनले पाइला समेत देखाएका छन् । हेर्नुस उनको घरआगनकै भुमिभित्र बाट निकालिएको पाथिभरा माताको पाइला यस्तो छ ।।।

पाथिभरा माताको घर अगाडीपट्टिको आगन नजिकैको रुख मुनि बाट पाइला निकाल्ने क्रममा हात छिराएर हेर्दा पाउजु समेत प्राप्त गरेको उनले बताए। उक्त पाइला हेर्दा दुरुस्तै ७ वर्षको बच्चाको पाइला जस्तै छ। उनको हजुरबुबा ताप्लेजुङ्गमा हुँदा सपना मै देबी आएर झापामा राम्रो खालको जमिन छ त्यो किन्यो भने तिम्रो परिवारको कल्याण हुन्छ भनेका थिए।

सोहि अनुसार उनको हजुरबाबले उक्त जग्गा किनेर घर बनाएका थिए। पछि त्यही जमिनमा पाथीभारा माताको पाइला भेटिएको र त्यही वर्ष १८ ओत पुराण लगाएर माताको आशन ग्रहण गरेका समेत उनले बताए।

उनी बसेको भुमिमा पाथीभाराको बास रहेको दाबि गर्दै उनी यस्तो भन्छन , ‘यहाँ आएर भक्तजनले दर्शन पाउँदा स्वयम माताको आशिर्वाद मिल्ने गर्छ। म आफैमा कुनै शक्ति छैन, यहाँ विरामी भएर आउनेलाई म आफैले ठिक पार्ने हैन त्यो त पाथिभरा माताले नै ठिक पार्नु हुन्छ। कुनै पनि दैविक शक्ति भएको व्यक्तिले मै भगवान हो भन्नु सरासर गलत हो।’उनी बाल्यअवस्था देखि नै भगवान प्रति आस्था राख्ने व्भर्खरै युवा जनाम भटराई भन्छन ‘२१ वौ शताब्दी भन्दैमा धार्मिक कुरालाई अन्धविश्वास मान्नु जायज होइन’ । २१ वौ शताब्दीमा पनि आद्यात्मिक शक्ति जीवितै छ।

आजकल झारफुक गरेर रोग निको पार्नु उनको दैनिकी भइसकेको छ । भक्तजनका लागि उनले कुनै निश्चित भेटि तोकेका छैनन् । भक्तजनको इच्छा उनि सहर्ष स्वीकार्छन् । स्वदेशमा मात्र नभएर विदेशमा समेत भक्तहरु रहेको उनी बताउँछन् । डाक्टरले निको पार्न नसकेका रोग उनको झारफुकले निको पारेको समेत उनको दाबी छ ।

जनाम भट्टराई दर्शकहरुले उनको शरीर र रुप हेरेर दिएको प्रतिक्रिया प्रति रुष्ट छन्। उनि भन्छन माताले मलाइ छान्नुभयो यो उहाँको इच्छा हो। तर मेरो शरीर पनि नाशवान छ शायद एकदिन म पनि मरेर जानेछु तर पाथिभरा माताको शक्ति भने जन्मौ जन्मान्तरसम्म रहिरहने छ।

यो सत्य हो। उनि भन्छन यो भुमि पाथिभारा माताको पबित्र भुमि हो त्यसैले पनि यहाँ मन्दिर निर्माण गरि उनको पूर्णकदको मुर्ति समेत स्थापना गरिएको छ। जति पुण्य ताप्लेजुंगको पाथिभरा माताको मन्दिरमा जाँदा प्राप्त हुन्छ त्यति नै पुण्य यो भूमिमा दर्शन गर्नाले पनि प्राप्त हुनेछ।

दर्शकबृन्दहरु तपाईं हरुलाई यो भिडियो कस्तो लग्यो। आजकाल दिनहुँ जसो युटुब मा नानाथरिका बाबा, माता र ज्योतिषहरुको बिगबिगी बढिरहेको छ। तर झापाको यो घटना थोरै बिशेष लागेको हुनाले हामीले तपाईंहरु समक्ष प्रस्तुत गरेका छौँ। तपाईहरुलाई यदि पाथिभरा माता प्रति आश्था छ भने कृपया भिडियो को तल कमेन्ट बक्स मा गएर जय पाथिभरा माता लेखिदिनु होला।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *