लागुऔषधको कुलतबाट छुटकारा पाउन यि उपाय अपनाउनुस

२०७५ माघ २४, बिहीबार १२:४८ गते २०७५ माघ २४, बिहीबार १२:४८ गते २०७५ माघ २४, बिहीबार १२:४८ गते

काठमाडौं, २४ माघ । लागुऔषधबाट छुटकारा पाउन सबैभन्दा पहिले आफ्नो समस्या पहिचान गर्नुपर्ने हुन्छ । ड्रग्सका कारण व्यक्तिगत स्वास्थ्य तथा समाजमा असर परिरहेको छ भन्ने बुझेपछि प्रयोगकर्ताले परिवर्तनका लागि निर्णय लिनुपर्छ ।

तनाव कत्तिको छ, जीवन कसरी चल्दै छ, स्वास्थ्यमा ड्रग्सको असर कति परेको छ, यी र यस्ता प्रश्न आफैँसँग गर्नुहोस् ।

आफ्ना लागि ड्रग्सभन्दा महत्वपूर्ण कुरा के–के छन्, जस्तो– परिवार, करिअर, तपाईंको स्वास्थ्य, तपाईंले माया गरेर घरमा पालेका जनावर, तपाईंकी श्रीमती वा गर्लफ्रेन्ड । यस्ता कुराको सूची तयार गर्नुहोस् ।

ड्रग्सका कारण तपाईंको जीवनमा के भइरहेको छ र यसलाई त्याग गर्दा तपाईंलाई आर्थिक र सामाजिक रूपमा के कस्ता फाइदा हुन्छन् भनेर सोच्नुहोस् । तपाईंलाई ड्रग्स छाड्न के कुराले अवरोध गरिरहेको छ भनेर आफैँलाई प्रश्न गर्नुहोस् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *