युएसए, गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको नयाँ नेतृत्व चयनका लागि आइतबारदेखि मतदान प्रक्रिया सुरु भएको छ । संघका करिब १३ हजार सदस्यले आफ्ना रोजाइका उम्मेदवारलाई इमेल र मोबाइलमार्फत पठाइने ब्यालेटमार्फत मत दिनेछन ।

यस पटकको निर्वाचनमा अध्यक्ष पदका लागि भानु खरेल, सतेन्द्र साह र रामहरि अधिकारीबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन पूर्व तीनै उम्मेदवारले मतदाता रिझाउने अन्तिम चरणका गतिविधि तीव्र पारिरहेका थिए ।

गत कार्यकालमा देखिएका विभाजन, विवाद र आन्तरिक असन्तुष्टिका कारण यस पटक सदस्यहरू नेतृत्व चयनमा बढी सचेत देखिएका छन्। क्यालिफोर्निया, न्यूयोर्क र टेक्सासजस्ता ठूलो संख्यामा मतदाता रहेको राज्यहरूमा सदस्यहरूले नयाँ नेतृत्वप्रति अपेक्षा व्यक्त गरेका छन ।

अध्यक्षसँगै उपाध्यक्ष, महासचिव, सचिवलगायत अन्य पदका लागि पनि प्रतिस्पर्धा भइरहेको छ। तीनै उम्मेदवार प्यालसहित मैदानमा होमिएका हुन । खरेल टिमबाट अनुप खनाल, अधिकारी टिमबाट विनोद पौडेल र साह टीमबाट मोहन न्यौपाने महासचिवको उम्मेदवार बनेका छन । महासचिवमा खरेल टिमका अनुप खनालको पल्लाभारी रहेको आंकलन अमेरिकामा रहेका अभियन्ताहरुले गरेका छन । भानुको टिमलाई एनआरएनएका हस्तीहरु निबर्तमान एनआरएनए आईसिसि उपाध्यक्ष केशव पौडेल , एनआरएनए आईसिसि उपाध्यक्ष बुद्धि सुवेदीलगाएतले साथ दिएका छन् । सोही टीमले जित्ने सम्भावना प्रबल रहेको बताईएको छ ।


सतेन्द्रलाई एनआरएनए आईसिसि उपाध्यक्ष सुनिल साह,जनसम्पर्क समिती अमेरिकाका सभापति आनन्द विस्टले साथ दिएका छन् भने अधिकारीलाई नेपाली काङ्ग्रेस नेता विष्णु सुवेदी लगाएतले साथ दिएका छन् । विभिन्न समूह र नेताहरूले आफ्ना निकटका उम्मेदवारलाई समर्थन गरेकाले चुनाव रोचक देखिएको छ ।

एनआरएनए नेता केशव पौडेलले निर्वाचनलाई अवसरको रूपमा लिनुपर्नेमा बताएका छन । उनले भने, ‘यो निर्वाचन विषम परिस्थितिमा भए पनि यसले हामीलाई एकताबद्ध गर्ने र सामूहिक मुद्दालाई सकारात्मक दिशामा अघि बढाउने अवसर हो। मतदाता सबैमा सक्षम नेतृत्व चयन गर्न उनले हार्दिक अनुरोध गरेका छन ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *