सत्गौवा थारु समाज संघको साधारण सभा

२०७५ बैशाख २४, सोमबार १७:२३ गते २०७५ बैशाख २४, सोमबार १७:२३ गते २०७५ बैशाख २४, सोमबार १७:२३ गते

ओमप्रकाश गुप्ता
सिसहनियाँ २४ वैशाख । सत्गौवा थारु समाज संघ दाङ देउखुरीको १३ औँ वार्षिक साधारण सभा सोमवार राप्ती गाउँपालिका ६ मझेरीयामा सम्पनन भएको छ । संघका अध्यक्ष खडक बहादुर चौधरीको अध्यक्षता एवम् पुर्व सांसद योगेन्द्र चौधरीको प्रमुख आतिथ्यतामा भएको सभामा वार्षिक प्रतिवेदन सचिव रामप्रसाद चौधरी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष भिमलाल चौधरीले प्रस्तुत गरेका थिए । सो अवसरमा पुर्व सांसदहरु सुशिला चौधरी, रुक्मिना चौधरी, राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, वडा अध्यक्षहरु विद्याशरण चौधरी, चन्दर चौधरी, वेदप्रसाद चौधरी, पत्रकार ओमप्रकाश गुप्ता, जमिर शाहा, सल्लाहाकारहरु बामदेव चौधरी, झावेन्द्र चौधरी लगायतका वक्ताहरुले शुभकानमा मन्तव्य व्यक्त गरेका थिए । साथै कार्यक्रममा जेष्ठ नागरिक सहित अन्य व्यक्तित्वहरुलाई सम्मान समेत गरेको थियो । संघका उपाध्यक्ष कुशुम चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव रामप्रसाद चौधरीले गरेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *