निर्मला हत्या प्रकरण : अदालतमा उपस्थित भएका एसपी विष्ट प्रहरी नियन्त्रणमा

२०७५ चैत्र ६, बुधबार ०७:३६ गते २०७५ चैत्र ६, बुधबार ०७:३६ गते २०७५ चैत्र ६, बुधबार ०७:३६ गते

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा अनुसन्धानका क्रममा प्रमाण नष्ट गरेको तथा अभियुक्तलाई यातना दिएको आरोप लागेका पूर्व एसपी दिल्लीराज विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी मंगलवार अदालतमा हाजिर हुन पुगेका थिए ।उनीमाथिको बहस नसकिएकाले जिल्ला अदालत उनी विरुद्ध निर्मलाकी आमा दुर्गादेवी र अभियुक्त भन्दै पक्राउ गरिएका दिलिप विष्टका दाजुले मुद्दा दायर गरेका थिए ।

निर्मलाकी आमा दुर्गाले प्रमाण नष्ट गरेको अभियोग लगाउँदै मुद्दा दायर गरेकी थिइन् भने विष्टका दाजुले यातना दिएको भन्दै मुद्दा दायर गरेका थिए । पीडितको उजुरीका आधारमा बयानका लागि अदालत बोलाएपछि विष्ट अदालतमा हाजिर भएका थिए।

हत्याका सम्बन्धमा अर्का आरोपी सिआइबीका डिएसपी अंगुर जिसी भने अदालतमा हाजिर भएका छैनन्। गत साउन १० गते बालिका पन्तको बलात्कारपछि हत्या भएका बेला विष्ट कञ्चनुर प्रहरी प्रमुख थिए। लापरबाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले एसपी विष्टलाई सेवाबाट समेत हटाएको थियो। अन्य प्रहरी अधिकारीहरु भने यसअघि नै अदालतमा हाजिर भएर सामान्य धरौटीमा रिहा भइसकेका छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *