बम पड्काएर परिवर्तन आउँछ भन्नु ठूलो भ्रमः अध्यक्ष दाहाल

२०७६ बैशाख ८, आईतवार २०:५८ गते २०७६ बैशाख ८, आईतवार २०:५८ गते २०७६ बैशाख ८, आईतवार २०:५८ गते

भरतपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बम पड्काएर जनतामा आतंक सिर्जना गरेर परिवर्तन आउँछ भन्नु ठूलो भ्रम भएको बताउनुभएको छ ।नेत्रविक्रम चन्द विप्लवलाई वार्ता, सम्वादमा आउन आग्रह गर्दै दाहालले घटना घटाएर परिवर्तन हुन्छ भन्नु भ्रम मात्रै हुने बताउनुभयो । चितवन भरतपुरमा रहेको कैलाशनगर माविको स्वर्ण महोत्सव उद्घाटन गर्दै दाहालले देशमा कम्युनिस्टलाई जनताले दुई तिहाइ मत दिएको र कम्युनिस्टकै सरकार रहेकोले विप्लवलाई वार्तामा आउने आग्रह गर्नुभयो ।अहिले हामी ०५२ सालमा नभएर ७६ सालमा रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपालको संविधान निर्माण प्रकृयामा भएका लोकतान्त्रिक विधि र प्रयोग शान्तिपूर्ण पारदर्शी भएकाले एउटा रिकर्ड बनेको बताउनुभयो । कार्यक्रममा सहभागी संघीय सांसद तथा स्थानीय राजनीतिक व्यक्तिहरुले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा जोड दिए ।अबको समयमा गुणस्तरीय शिक्षा प्रदान नगर्ने हो भने सामुदायिक विद्यालयहरु लोप हुने अवस्थामा पुग्ने संघीय सांसद उमा रेग्मीले बताउनुभयो । २०२४ सालमा स्थापना भएको कैलाशनगर माध्यमिक विद्यालयले विविध कार्यक्रम सहित आगामी बैशाख १२ गतेसम्म स्वर्ण महोत्सव मनाउँदैछ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *