एजेन्सी । दही सेवन गर्दा स्वास्थ्यमा अनेक लाभ मिल्छ । तर, दही खाने समय र तरिकामा भने ख्याल गर्नुपर्छ । किनभने दही गुणकारी हुँदाहुँदै पनि यसको सेवन गर्ने विधि र समय थाहा नहुँदा यो विषाक्त बन्न पुग्छ ।दही स्वाद र स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्यका लागि पनि उत्तिकै उपयोगी मानिन्छ । दहीमा केहि यस्ता तत्व हुन्छ, जसले पाचन क्रियालाई चुस्त राख्न सहयोग गर्छ ।
दही राती सेवन गर्नु हुँदैन । किन ?
यसका केही कारण छन्,
– राति दही खाँदा पाचन क्रियामा गडबडी पैदा हुन्छ । यसलाई पचाउनका लागि इनर्जी बर्न गर्नुपर्ने आवश्यकता हुन्छ । धेरै मानिसहरु राति खाएपछि सुतिहाल्छन् । यसले झन् समस्या हुन्छ ।
– राति दही सेवन गर्दा शरीरमा इन्फेक्सनको डर हुन्छ । यसले रुघा र खोकी लाग्न सक्छ ।
यसका साथै कतिपय अवस्थामा दही हानिकारक हुनसक्छ । वा त्यसले पोषण होइन, विषको काम गर्न सक्छ । जस्तो कि,
–शरीरको कुनै भाग सुन्निएको छ भने राति दही कदापि खानु हुँदैन । यसले सुन्निएको झन् बढ्छ ।
–घुँडा वा जोर्नीको दुखाईबाट पिडित भएको अवस्थामा दही सेवन उपयोगी हुँदैन । अन्यथा यसले दुखाईलाई झनै बढाउनेछ ।
–हामी दहीमा विभिन्न मिश्रण बनाएर सेवन गर्छौं, खासगरी डिजर्टको रुपमा । तर, थरीथरीका फलफूल दहीमा मिसाउँदा त्यो विषाक्त बन्न सक्छ ।
दही कहिले, किन र कसरी खाने ?
दही खाने उपयुक्त समय विहान हो । हात–गोडाको जलन, पेटको इन्फेक्सन, अपच, भोक नलाग्नु, कमजोरीका साथै अरु पनि थुप्रै समस्याहरु बिहान दही सेवन गर्दा ठीक हुन्छ । नास्तामा एक कचौरा दहीमा सख्खर मिलाएर खाँदा शरीरमा रगत बढ्छ ।
यसमा यस्ता रसायनिक पदार्थ हुन्छन् जसले गर्दा यो दूधभन्दा चाँडै पच्छ पनि । अपच, कब्जियत, ग्यास जस्ता पेटको समस्या भोगिरहेका व्यक्तिलाई दही वा त्यसबाट बनेको लस्सी, मोही आदिको उपयोग गर्नु फाइदाजनक हुन्छ ।
दही खाँदाका फाइदा
–दहीको नियमित सेवन शरीरका लागि अमृत समान मानिन्छ । यसले रगतको कमि तथा कमजोरी हटाउँछ । दूधले जब दहीको रुप लिन्छ, यसको सुगर एसिडमा बदलिन्छ । यसबाट पाचनमा मद्दत मिल्छ । भोक कम लाग्ने व्यक्तिहरुलाई दहीले एकदम फाइदा गर्छ ।
–दहीको मोही वा लस्सी बनाएर पिउँदा पेटको गर्मी शान्त हुन्छ । पेटमा गडबडी हुँदा दहीमा बिरे नुन हालेर खाँदा पनि फाइदा हुन्छ ।
–अमेरिकी आहार विशेषज्ञहरुका अनुसार दहीको नियमित सेवन गर्दा आन्द्राको रोग तथा पेट सम्वन्धी रोगहरुबाट छुट्कारा मिल्छ ।
–दहीमा मुटुको रोग, उच्च रक्तचाप, तथा गुदाको रोगहरुलाई बिसेक पार्ने गजबको क्षमता हुन्छ । यसले कोलस्ट्रोल बढ्नबाट रोक्छ र मुटुको धड्कनलाई ठीक राख्छ ।
–दहीमा क्याल्सियम अधिक मात्रामा पाइन्छ । यो हड्डीहरुको विकासमा सहायक हुन्छ । साथै, दाँत, ता नङलाई पनि बलियो बनाउँछ ।
–पायल्स रोगबाट पिडित व्यक्तिहरुले दिउसो भोजनपछि एक गिलास मोही पिउँदा फाइदा मिल्छ ।
यो पनि पढ्नुस
हामी सबै मोबाईल प्रयोग गछौ । मोबाईल फोन प्रयोग गर्ने बानी सबैमा छ । मोबाईल अहिलेको अत्यावश्यक प्रयोग सामाग्री भईसकेको छ । अन्य समयमा मोबाईलको प्रयोग र राती सुत्नुभन्दा अघिको मोबाईल प्रयोगमा भने ध्यान दिनुपर्छ ।
दिनमा त ठिकै छ तर राती सुत्नु भन्दा पहिले कम्तीमा पनि एक घण्टा अघि मोबाईलाई आफूबाट टाढा राख्नुपर्छ । यदि यसो गरेनौ भने हामीमा केहि समस्याहरु निम्तीन सक्छन् ।
सुत्नेबेला मोबाइल चलाउनु मानिसक स्वास्थ्यका लागि धेरै हानिकारक हुने तथ्य बाहिरिएको छ । करिब १ लाख मानिसहरुमा गरिएको सर्वेक्षणपछि उक्त तथ्य सार्वजनिक भएको हो । राति सुत्नेबेला मोबाइल चलाउनु मानिसक स्वास्थ्यका लागि धेरै हानिकारक हुने पत्ता लगाइएको समाचार संस्था इन्डिपेन्डेन्टले उल्लेख गरेको छ । यसअघि पनि आरामपूर्ण निद्रा पुर्याउन सुत्ने समयमा मोबाइल चलाउनु उचित नहुने अध्ययनले देखाएको थियो ।
तरपनि अधिकांश मानिसहरु फेसबुक, ट्वीटर र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरु घण्टौँसम्म स्क्रोल गरेर मात्र निदाउने गर्दछन् । यही विषयमा अध्ययन गरिरहेका विज्ञहरुले अहिले यस्ता मानिसहरुमा तनाव, एक्लोपना, बाइपोलार डिस्अर्डर र व्यक्तित्वमा नकारात्मक असर जस्ता मानसिक रोगहरु देखा पर्ने दाबी गरेका छन् ।
वास्तवमा मोबाइलको प्रयोगका कारण मानिसहरुले पूरा निद्रा लिन नपाउने हुनाले शरीरको २४ घण्टे प्रणालीमा अवरोध आउने अध्ययनकर्ताहरुको भनाइ छ । युनिभर्सीटी अफ ग्लासगोका प्रोफेसरहरुले प्रकाशन गरेको ‘ल्यान्सेट साइकियाट्री’ अध्ययनमा नै पहिलोपटक यसले शरीरको दैनिक साइकलमा खराब प्रभाव पार्ने उल्लेख गरिएको थियो ।
यसैको सर्वेक्षणका क्रममा राति मात्र सक्रिय मानिसहरुकोे नाडीका गतिविधि र आन्तरिक शरीरिक प्रणालीमा आउने अवरोधबारे अनुसन्धान गर्न सात दिनसम्म हातमा एक्सेलोमिटर राखिएको थियो । यसै प्रक्रियापछि अनुसन्धानकर्ताहरुले २५ मध्ये एक जनामा असामान्य मानिसक गतिविधि देखा पर्ने बताएका हुन् ।
त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शिकार हुने पनि पत्ता लगाइएको हो । यस्ता मानिसहरुमा अनिद्राको समस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् ।
त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् । उनका अनुसार यस प्रकारका मानसिक रोगबाट बच्न १० बजे सम्मको समयसीमा तोक्न आवश्यक छ ।
मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए समस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले गम्भीर समस्या निम्त्याउने गरेको पाइन्छ ।
राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा
तौल बढ्ने
सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।
समस्या समाधानमा कठीन
सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।
दिमागलाई असर
सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।
आँखामा प्रेशर
अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।
निन्द्रामा समस्या
यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।
ध्यान दिन नसक्नु
मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।
Views: 0