इंग्ल्याण्डले यसरी जित्यो पहिलो पटक विश्वकप क्रिकेट

२०७६ असार ३१, मंगलवार १२:५८ गते २०७६ असार ३१, मंगलवार १२:५८ गते २०७६ असार ३१, मंगलवार १२:५८ गते

काठमाडौँ । आईसीसी विश्वकप २०१९ को रोमाञ्चक फाइनल प्रतिस्पर्धामा इंग्ल्याण्डले न्यूजिल्याण्डलाई हराउँदै उपाधी जितेको छ । लार्ड्समा खेलिएको फाइनल म्याच सुपर ओभरसम्म तन्किएको थियो । सुपर ओभरमा पनि स्कोर बराबरी भएको थियो । बढि बाउंड्री लगाएका कारण इंग्ल्याण्डले च्याम्पियन ट्रफी उचाल्यो । इंग्ल्याण्डले पहिलो पटक विश्वकपको उपाधी जितेको हो ।

२३ बर्षपछि पहिलो पटक वानडे वल्र्डकपमा नयाँ टिम च्याम्पियन बनेको हो । न्यूजिल्याण्डले पहिले टस जितरेर ब्याटिङ गरेको थियो । आइतबार विहान बर्षा भएका कारण पिच बलरका लागि उपयुक्त देखिएको थियो । जसका कारण न्युजिल्यान्डले ५० ओभरमा आठ विकेट गुमाउँदे २४१ रन जोड्यो । इंग्ल्याण्डका लागि लक्ष्य ठूलो थिएन तर शुरुआतमा नै उसलाई झट्का लागेका कारण लग विग्रेको थियो । तर इंग्ल्याण्डले म्याचको अन्तिम ओभरसम्म उत्कृष्ट खेल्यो । अन्तिम बलमा इंग्ल्याण्डको जितका लागि २ रन आवश्यक थियो । तर २४१ रन जोडेर आउट भयो । खेल बराबरी भएपछि सुपर ओभरमा खेल धकेलिएको थियो ।

सुपर ओभरमा पनि स्कोर बराबरी भयो । इंग्ल्याण्डले पहिले ब्याटिङ गर्दै ६ बलमा १५ रन जोड्यो । न्यूजिल्याण्डलाई जितका लागि १६ रन आवश्यक थियो । पाँच बलमा न्यूजिल्यान्डले १४ रन बनयो अन्तिमबलमा दुई रन चाहिएको थिाये । पहिलो रन लिए र दोस्रो रन लिने प्रयास गर्दा गप्टिल रन आउट भए ।

सुपर ओभरमा पनि नतिजा नस्किेको खण्डमा जसले धेरै बाउन्ड्रीज लगाएको छ उसैले जित्ने नियम छ । जसमा इंग्ल्याण्ड अगाडी देखियो र उ च्याम्पियन बन्यो । इंग्ल्याण्डले सुपर ओभरमा दूई चौका प्रहार गरेको थियो । जबकि न्यूजिल्याण्डका तर्फबाट एक छक्का मात्र प्रहार भएको थियो । इंग्ल्याण्डका बेन स्टोक्स प्लेयर अफ दि म्याच घोािष्त भए ।

उनले नट आउट हुँदै ८४ रन जोडेका थिए । न्यूजिल्यान्डका कप्तान केन विलियमसन प्लेयर अफ दि सिरिज रहे । उनले उत्कृष्ट नेतृत्व गर्दै आफ्नो टिमलाई फाइनलसम्म पु-याएका थिए ।राजधानी डेली

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *