चर्को कर र मुल्य बृद्धिको बिरोधमा राष्ट्रिय जनमोर्चाद्धारा घोराहीमा प्रदर्शन

२०७५ भाद्र १५, शुक्रबार १५:४६ गते २०७५ भाद्र १५, शुक्रबार १५:४६ गते २०७५ भाद्र १५, शुक्रबार १५:४६ गते

भाद्र १५ दाङ

राष्ट्रिय जनमोर्चा दाङले आज घोराहीमा संघीयता खारेज गर चर्को कर वृद्धि फिर्ता गर भन्ने मुल नाराका साथ प्रदर्सन तथा बिरोध सभा गरेको छ । बिरोधि सभालाइ सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय जनमोर्चा का केन्द्रिय सदस्य सोमकुमार कार्की ले नेपालमा संघीयताला असफल भैसकेको कुरा बताउनु भयो ।

संघीयता कार्यान्वयनको नाममा जन्ताको ढाड सेक्ने गरि कर वृद्धि गरेको कुराले नै नेपालमा संघीयता सहि नभएको प्रमाणित भयो । त्यसैले अब पनि सासकहरुका कान नखुल्ने हो भने संघीयताकै कारण देशको अस्तित्व समेत गुम्ले कुरा उहाले बताउनु भयो । उहाले अर्को प्रसङ्गमा बर्तमान ओलि सरकार पन्चायतकै निरंतरता भएको कुरा बताउनु भयो । सरकारले पुजिपतिलाइ कर छुट गर्ने र गरिब किसान लाई कर वृद्धि गर्ने कुरा ले यस्को चरीत्र उदाङ्ग भएको कुरा बताउनु भयो ।

यो सरकार सिन्डिकेट तोड्न सक्दैन, भ्रष्टाचारि लाइ कार्बाही गर्न सक्दैन, बलात्कारिलाइ कार्बाही गर्न सक्दैन, सुन तस्करी लाइ कार्बाही गर्न सक्दैन, हत्यारालाइ कार्बाही गर्न सक्दैन । अनि यो सरकार बाट जनताले के आसा गर्ने ? उहाले प्रस्न गर्नु भयो । राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्य को अध्यक्षतामा भएको कार्यक्रममा ने क पा मसाल जिल्ला प्रबक्ता भरत भण्डारी , राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य कमला जि सि, अखिल नेपाल बुद्धिजीवी संघ का पुर्ब महासचिव ससिधर भण्डारी , अखिल नेपाल जनजाती सम्मेलन का केन्द्रिय सदस्य रामबहादुर घर्ती , अखिल नेपाल युबक संघ का केन्द्रिय सदस्य चित्र एम सि लगायतले मन्तब्य राख्नु भएको थियोे ।

जिल्ला सचिब वसन्त पौडेल को स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रम को संचालन जिल्ला सदस्य शुक्रराज भण्डारी ले गर्नु भएको थियो। पार्टी अफिस बाट सुरु भएको प्रदर्सन बजार परिक्रमा गरि तुलसिपुर चोकमा आइ सभामा परिणत भएको थियोे

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *