फेरी ह्वात्तै बढ्यो सुनको भाउ : इतिहासकै महँगो !

२०७६ श्रावण २३, बिहीबार १२:०८ गते २०७६ श्रावण २३, बिहीबार १२:०८ गते २०७६ श्रावण २३, बिहीबार १२:०८ गते

दैनिक जसो बढेको सुनको मूल्यले आज (बिहीबार साउन २३) रेकर्ड तोडेको छ । सुन प्रतितोला ७० हजार रुपैयाँ पुगेको छ ।अघिल्लो दिनको तुलनामा तोलामा ५ सय रुपैयाँले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताहरु यतिबेला सुनतर्फ आकर्षित भएका छन् ।अन्य क्षेत्रको लगानी राम्रो हुने नदेखिएपछि लगानीकर्ताहरु सुनतर्फ आकर्षित भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।यता चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी ८ सय २५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।फेडेरल रिजर्भ बैंकले ब्याजदर ०.२५ प्रतिशतले कमी गरेको, चीन र अमेरीकाको व्यापार युद्ध, इरान अमेरीकको मुद्दा जस्ता विषयले सुनको मूल्य लगातार उकालो लागेको सुनचाँदी व्यवायी महासंघका संस्थापक अध्यक्ष मणिरत्न शाक्यले बताए ।रातोपाटी

यो पनि :सुगर रोग लाग्नै नदिने, लागेकालाई निको पार्ने यस्तो छ अचुक ओखती:एजेन्सी : यदि तपाई मधुमेह पीडित हुनुहुन्छ भने अब आत्तिनु पर्दैन । तपाईले घरेलु उपायहरू अपनाएर नै आफ्नो स्वास्थ्यमा सुधार ल्याउन सक्नु हुन्छ । यदि गुलियो चिजहरूको सेवनका कारण तपाईलाई मधुमेहले पीडित बनाएको हो भने तपाईले बेलको पातलाई प्रयोग गर्न सक्नु हुनेछ ।यस रोगबाट छुटकारा पाउन तपाईले १५ वटा बेलको पातलाई ३० ग्राम पानीमा मिलाएर पिस्नुपर्ने हुन्छ ।

त्यसपछि ३ या ४ कालो मरिचको दालाई धुलो हुने गरी पिसेर पिसिएको बेलको पातसँग मिश्रण बनाइ त्यसलाई एउटा सफा कपडाले छानेर आएको रसलाई सेवन गर्नुहोस्।यसप्रकारले बेलको पात पिसेर पिनाले तपाई केही महिनामा नै यो रोगबाट मुक्त हुनु सक्नु हुनेछ । त्यसैगरी बेलको पत्रलाई अन्य तरिकाले प्रयोग गरे पनि यस रोगका लागि प्रयोग गर्न सकिन्छ ।तपाईले ६ वा ७ वटा बेलको पात, कालो मरिचको दाना, तुलसीको पात र निमको पातलाई एकै ठाउँमा राखेर एकदमै मसिनो हुने गरेर मजाले पिँधेर एक गिलास पानीसँग युक्र मिश्रण सेवन गर्नुहोस । हरेक दिन यसप्रकारको घोल पिउनाले तपाई छिट्टै मधुमेह रोगबाट मुक्त हुन सक्नु हुनेछ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *