अल्छीपना बुद्धिमानीको निसानी : हेर्नुहोस अनौठो विषय

२०७६ श्रावण ३०, बिहीबार १६:०५ गते २०७६ श्रावण ३०, बिहीबार १६:०५ गते २०७६ श्रावण ३०, बिहीबार १६:०५ गते

एजेन्सी – अमेरिकी अनुसन्धानकर्ताहरूले बडो अचम्मको कुरो पत्ता लगाएको दाबी गरेका छन् । त्यो के भने, अल्छी व्यक्ति सक्रिय रहनेहरूको दाँजोमा बढी बुद्घिमान् हुन सक्छन् रे । सर्तचाहिँ के छ भने, त्यस्ता अल्छी व्यक्तिहरू बढी समय चिन्तन गर्नेचाहिँ हुनुपर्छ ।जर्नल अफ हेल्थ साइकोलजीमा प्रकाशित उपर्युक्त अध्ययन अनुसार सक्रिय व्यक्तिलाई आफ्नो मस्तिष्क सदैव ‘फ्रेस’ राख्नका लागि बढी सक्रियताको आवश्यकता पर्छ । यस्ता व्यक्ति बोर हुनबाट बच्नसमेत शारीरिक रूपमा बढी सक्रिय रहन्छन् । उच्च आईक्यू भएका व्यक्ति छिट्टै थाक्दैनन् ।

यसै कारण उनीहरू बढी समयसम्म चिन्तनमा व्यस्त रहन्छन् । अनुसन्धाताहरूले अध्ययन अन्तर्गत ३० जना विचारक र गैरविचारकलाई भेला पारे, तिनलाई दुइटा समूहमा बाँडे अनि सबैका हातहातमा एउटा यन्त्र लगाइदिए, जसका माध्यमले सक्रियताको स्तर निगरानी गरे ।निचोडमा के देखियो भने, गैरविचारकको दाँजोमा विचार गर्ने समूह कम सक्रिय रहे । उसो त अनुसन्धाताहरूले के पनि भनेका छन् भने, कम सक्रिय व्यक्ति जतिसुकै विद्वान् भए पनि आफ्नो स्वास्थ्यका लागि उनीहरूले सक्रियताको स्तर नबढाई हुन्न ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *