के निन्द्रामा घुर्ने समस्या रोग हो ? यस्तो सम्म हुनसक्छ : हेर्नुहोस समाधान सहित।

२०७६ श्रावण ३२, शनिबार ०९:२४ गते २०७६ श्रावण ३२, शनिबार ०९:२४ गते २०७६ श्रावण ३२, शनिबार ०९:२४ गते

काठमाडौँ । हामीमध्ये धेरैको निन्द्रामा घुर्ने बानी हुन्छ । वरपरकालाई घुर्ने बानीले समस्या भए पनि आफूले घुरेको भन्ने व्यक्ति आफैलाई थाहा हुन्न । निन्द्रामा घुर्ने बानी मोटोपना भएका र वृद्धवृद्धामा धेरै पाउँछौ ।यसलाई धेरैले रोग भन्दा पनि सामान्य समस्याका रुपमा हेर्दै आइरहेका छन् । ‘मेरो निन्द्रामा घुर्ने बानी छ यो रोग हो ?’ भनेर अस्पताल जाने व्यक्तिको संख्या निकै कम पाउँछौँ । तर चिकित्सकहरु भने निन्द्रामा घुर्ने बानी कुनै रोगकै कारणले पनि हुने गरेको बताउँछन् ।निन्द्रामा घुर्नु रोग हो कि सामान्य अवस्था हो, रोग हो भने कसरी थाहा पाउने, उपचार र बच्ने उपायको बारेमा ह्याम्स अस्पतालका छाती रोग विशेषज्ञ डाक्टर राजु पङ्गेनी यसो भन्छन्ः

के निन्द्राको समयमा घुर्नु रोग हो ?साधारण घुराइ र रोगका कारण हुने घुराइमा भिन्नता हुन्छ । साधारण घुराइ मोटोपन हुनेहरु अथवा अन्य स्वस्थ मानिसलाई हुनसक्छ । तर यसमा ‘स्लीप एप्निया’मा जस्तो श्वास रोकिने वा अक्सिजनको मात्रा घट्ने हुँदैन । ‘स्लीप एप्निया’ हुनेहरुलाई निदाएको बेला गर्धनभित्रको श्वासनली सागुरो भइ केही बेरको लागि बन्द हुन्छ । जसका कारण शरीरमा अक्सिजनको मात्रा घट्न थाल्छ, मुटुको चाल अनि प्रेसर बढ्न थाल्छ । यसको केही समयपछि छोटो समयको लागि बिरामीको निद्रा खुल्छ अनि फेरि श्वासप्रस्वास सुचारु हुन्छ ।यस्तो बेलामा हात खुट्टा फाल्ने, कोल्टे फर्कने, चिच्याउने आदि हुन सक्छ । ‘घुर्ने, सास रोकिने, ब्युझिने, सास खुल्ने, फेरि घुर्ने’ यो क्रम रातभरि चल्छ जसका कारण बिरामीको निद्राको गुणस्तर (क्वालिटी) एकदम कम हुन्छ ।धेरै जसो अवस्थामा बिरामीलाई निद्रामा हुने यी घटनाहरुको त्यति सम्झना हुँदैन । बिरामीलाई भन्दा सँगै सुत्ने पार्टनरलाई यी कुराहरु बढी थाहा हुन सक्छ । यसको अल्पकालीन परिणाममा मुटुको चाल गडबड हुने तथा हार्ट अट्याकदेखि लिएर दीर्घकालिनरुपमा शारीरिक तथा मानसिक असरहरु हुन सक्ने भएकाले शंका लाग्ने वित्तिकै डाक्टरको परामर्श लिनु उचित हुन्छ ।

स्लीप एप्निया भए नभएको कसरी पत्ता लगाउने ?निन्द्रामा धुर्ने समस्या छ भने यसको लागि निद्रासम्बन्धि जाँच गर्नु पर्ने हुन्छ । यसलाई पोलिसोम्नोग्राफी पनि भनिन्छ । यो जाँच गर्नको लागि तपाईं एक रात अस्पतालको बेडमा भर्ना भइ सुत्नुपर्नेछ । यो जाँचले तपाईं निदाएको बेला घुर्ने, श्वास रोकिने तथा अक्सिजनको मात्रा कम हुने एवम् अन्य निद्रासम्बन्धि रोगहरु भए नभएको किटान गर्न सहयोग गर्नेछ ।तपाईं निदाएको बेला तपाईंको शरीरमा टाँसिएका तार वा सेन्सरहरुले निद्राको अवस्था, घुराइको मात्रा, अक्सिजनको मात्रा, श्वासको गति, मुटुको चालको निगरानी तथा भिडियोको माध्यमबाट निद्राका गतिविधिहरु परीक्षण गर्छ ।सेन्सरहरु टाँस्न प्रयोग हुने क्रिमको एलर्जी तथा रोगकै कारण हुन सक्ने भवितव्यबाहेक यो जाँचका कारण शरीरमा अन्य कुनै नराम्रो असर हुदैन । कहिलेकाही आवश्यकता हेरी तपाईंको घरमै गएर तथा सिप्याप मेसिन जोडेर पनि यो जाच गर्नुपर्ने हुन सक्छ ।ह्याम्स अस्पतालमा हरेक दिन यो जाँच हुन्छ । डाक्टरसँग परामर्श लिइसकेपछि हाम्रो टेक्निसियनसँग समन्वय गरी बेडको उपलव्धता र तपाईंको अनुकुलता हेरी निद्रा जाँचको लागि समय दिइन्छ ।

निन्द्राको समयमा घुर्ने रोगका कारण कस्ता समस्याहरु निम्त्याउन सक्छ ?घुर्ने रोगनै लागेको हो भने हार्ट अट्याक, मुटुको चालमा गडबडी, प्यारालाइसिस, मानसिक समस्या, थकान, सडक दुर्घटना, प्रेसर, मधुमेह, यौन समस्या आदि हुने सम्भावना धेरै हुन्छ । अत्यधिक घुराइको कारण पारिवारिक तथा पेशागत सम्बन्धमा पनि ह्रास आउन सक्छ । अत्यधिक आलस्यपन तथा निद्राका कारण मोटोपन झन् बढ्दै जान सक्छ । त्यसैले यस्तो रोगको समयमै निदान तथा उपचार गरेमा पछि आउने विभिन्न स्वास्थ्यसम्बन्धि समस्याबाट जोगिन सकिन्छ ।

यो रोग लागेको रहेछ भने उपचारको विधि के हुन्छ?माथि उल्लेख गरिएको जस्तै तपाईंलाई ‘स्लीप एप्निया’ रोग लागेको छ भने तपाईं निदाएको बेला श्वासको नलीमा अवरोध आउने हुँदा यसबाट तपाईको शरीरमा अक्सिजनको मात्रा घट्नुका साथै निद्राको गुणस्तरलाई समेत असर पार्दछ । यो रोगको मुख्य उपचार भनेको सिप्याप प्रविधिको प्रयोग गर्नु हो ।श्वास नली बन्द हुन नदिनका लागि तपाईंले राती नियमित रुपमा नाक वा मुख छोप्ने खालको ‘विशेष मास्क’ प्रयोग गरी सुत्नुपर्ने हुन्छ । यो मास्क सिप्याप मेसिनसँग जोडिएको हुन्छ । यो मेसिनले मास्कको माध्यमबाट तपाईंको श्वासनलीमा चाप पैदा गरी यसलाई बन्द हुन दिँदैन र अक्सिजनको मात्रा घटबढ हुनबाट जोगाउँछ । यसले तपाईंलाई गहिरो निद्रा लगाउन सहयोग गर्छ तथा रोगका कारण हुने अरु समस्याहरुबाट समेत बचाउछ ।उपचारमा सिप्याप प्रविधिका साथसाथै तपाईंले अरु विधिहरु पनि अपनाउनु भयो भने उपचार सहज हुनसक्छ । जस्तै तौल धेरै छ भने कम गर्ने, सुत्ने बेला कोल्टे फर्केर मात्र सुत्ने, गर्धनका मांशपेशीहरुको कसरत गर्ने, नाक—कान—घाँटीको समस्याहरुको उपचार गर्ने, जाँड—रक्सी नपिउने, अन्य निद्राको औषधि प्रयोग नगर्ने जस्ता कुरालाई ध्यान दिन आवश्यक छ । साधारण ‘स्लीप एप्निया’ हुनेहरुलाई मुखमा लगाउने यन्त्रहरु तथा कहिलेकाहीँ घाटीको शल्यक्रियाले पनि फाइदा हुन सक्ने हुन्छ ।

निन्द्राको जाँचमा आउँदा ध्यान दिनुपर्ने कुराहरु के–के हुन् ?

  • —कपालमा कुनै किसिमको तेल, जेल, स्प्रे प्रयोग नगर्नुहोला । दारी काटेर आउदा सेन्सरहरु टास्न सजिलो हुन्छ ।
  • — सजिलो तथा खुकुलो लुगाहरु ल्याउँदा राम्रो हुन्छ ।
  • — एक जना साथीसँगै ल्याउँदा राम्रो हुन्छ ।
  • —परीक्षणको लागि आउने दिन दिउँसो सकेसम्म नसुत्नु होला, साथै कफी, चिया, कोक, मादक पदार्थ जस्ता पेय पदार्थ नपिउनु होला ।
  • — सुगर, प्रेसर आदिको औषधी खाँर्द हुनुहुन्छ भने निरन्तरता दिँदा राम्रो हुन्छ ।रातोपाटी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *