हिन्दु धर्ममा पत्नीले आफ्नो पतिलाई नाम लिएर बोलाउन पाइदैन यस्ता छन धार्मिक तथ्य !!

२०७६ भाद्र १, आईतवार १८:२३ गते २०७६ भाद्र १, आईतवार १८:२३ गते २०७६ भाद्र १, आईतवार १८:२३ गते

जीवनमा सुख ,शान्तिका लागि धार्मिक आस्था राख्नु आवश्यक मानिने गरिन्छ । कुनै पनि व्यक्तिले जन्म देखि मृत्यु सम्म आफ्नो परम्परा र रितिरिवाज अनुरुप जीवनको यात्रा अगाडी बढाउनु पर्ने हुन्छ । हिन्दु धर्म अनुसार केही नियमहरु पालना गरेमा दुख नष्ट हुने र जीवनमा सुख प्राप्ति हुने बताइएको छ ।हिन्दु धर्ममा विवाहलाई पनि ठुलो धार्मिक महत्व दिने गरिन्छ । जसमा पुरुष र महिलाले जीवनभर एकअर्कालाई साथ दिने कशम खाँदै अग्नि सामू घुम्ने सहित अरु थुप्रै बिधि सम्पन्न गरि वैवहारिक सम्बन्ध कायम गर्ने परम्परा रहेको छ । धर्मको अर्को नियम के छ भन्दा कुनै पनि जोडी वैबाहिक सम्बन्धमा बाधिएपछि पत्नीले आफ्नो पतिलाई नाम लिएर बोलाउन पाईने छैन । वैवाहिक धर्मले के भन्छ? धेरै मान्छेहरुलाई केही कुराको रहस्य बुज्नको लागि समय लग्न सक्छ । हिन्दू धर्मको अनुसार, घरका महिलालाई लक्ष्मी मानिन्छ, र पत्नीले पनि आफ्नो पतिलाई भगवानको रूपमा सम्मान गर्छन्। यी सबै कुराले गर्दा वैवाहिक जीवनले सफलता पाउँछ।

पुरुषको मात्र नभई महिलालाई समेत सम्मान हुने परिवारमा सदैव सुख र सम्बृद्धिले वास गरिरहन्छ । आजको यो समयमा कलियुग भन्दै पुराना परम्परा छोड्ने प्रवृति बढ्दै गैरहेको छ जसले गर्दा परिवारमा तनावको अवस्था सिर्जना हुने र व्यक्तिको जीवन समेत अन्योलमा पर्ने गरेको पाइने गर्छ ।

आज हामी तपाईंलाई यो कुरा बताऊछौँ कि हिन्दु धर्म अनुसार, महिलाले आफ्नो पतिलाई नामले बोलाउँदैनन्। धेरै समय पहिला महर्षि वेदव्यासले यस्तो कुरा बताएका छन् कि पत्नीले आफ्नो पतिको नाम लिएर बोलाउदा पतिको आयु घट्दै जाने गर्छ । जति धेरै पटक आफ्नो पतिलाई नामले बोलायो त्यहि क्रममा उसको आयु घट्दै जाने कुरा धर्मशास्त्रमा उल्लेख गरिएको छ । त्यसैले हिन्दु धर्ममा महिलाहरुले आफ्नो पतिको नाम उच्चारण गर्न डराउने गर्छन । अहिले पनि हामी राम्रो सँग देख्न सक्छौ कि जुन घरमा आफ्नो धर्म र रितिरिवाज अनुरुप संचालन हुन्छ त्यस परिवारमा सधैब सुख र शान्ति प्राप्त हुन्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *