जण्डिस छिटो निको पार्ने एक मात्र आयुर्वेधिक औषधी : पानी अमला

२०७६ भाद्र २, सोमबार १७:०१ गते २०७६ भाद्र २, सोमबार १७:०१ गते २०७६ भाद्र २, सोमबार १७:०१ गते

काठमाडौं । भुइँअमला लाई (पानी अमला) पनि भन्ने गरिन्छ । पानी अमलाको पुरै भागलाई सुकाएर पिंधेको धुलोलाई ७–८ ग्रामको दरले मिश्री पानीसँग मिलाएर एक महिनासम्म खानाले जण्डिस रोग निको हुन्छ । त्यसैगरी यसको ताजै बोटलाई पिधेर निस्किएको एक चौथाई रसलाई मिश्री पानीमा मिलाएर पिउँदा पनि हुन्छ । जंगलमा पाइने एक किसिमको झार जसको जमिनमुनि फलेको दाना औषधिको रुपमा खाइन्छ । जो मधुमेहका रोगीकालागि पनि लाभप्रद हुन्छ । नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।

यो पनि पढ्नुस्,
बुद्ध र ब्राह्मण:-
डा.केशवमान शाक्य

बुद्धले ब्राह्मणवादको विरोध गरे, तर संघमा ब्राह्मणहरूलाई नै उच्च स्थान दिए । ती होनहार ब्राह्मणहरूको प्रवेश नभएको भए बुद्ध धर्म शायद आजको स्थानसम्म आइपुग्दैनथ्यो होला । धेरैलाई थाहा नहोला– कपिलवस्तुका पाँच ब्राह्मण नै बुद्ध धर्मका प्रथम भिक्षुहरू थिए ।

कपिलवस्तु गणराज्यमा क्षेत्रीय कुलका शाक्यवंशी राजा शुद्धोदनको छोरो जन्मेको समाचार सुनेर हेर्न आउने प्रथम व्यक्ति हिमालयमा तपस्यारत शाक्य राजपुरोहित असित कालदेवल ब्राह्मण थिए । असित ऋषिको साथमा उनकै भान्जा नालक पनि थिए । ऋषिलाई ढोगाउन खोज्दा बत्तीस लक्षण युक्त, असाधारण गुणले सोभित बालकलाई उल्टै ऋषिले ढोगे ।

बालकलाई हेरेपछि असित ऋषि शुरुमा हाँसे अनि रोए । हाँस्नुको कारण थियो– पृथ्वीमा यस्तो बालक जन्मेको छ, जो गृहस्थ भए चक्रवर्ती राजा र गृहत्याग गरे बुद्ध बन्नेछ, संसारलाई दुःखबाट मुक्त गर्ने विश्वगुरु हुनेछ । ऋषि अनि रोए, किनकि बालक बुद्ध बनेर ज्ञान बाँड्ने बेलामा उनको देहान्त भइसक्नेछ, ज्ञान प्राप्तिको अवसर पाइने छैन । असित ऋषिले तत्क्षण चौरासी करोड धनका स्वामी भान्जा नालकलाई बालकले बुद्धत्व प्राप्त गरेपछि उपदेश लिन काषायबस्त्र पहिरनमा गृहत्याग गर्न लगाई तपस्याका लागि हिमालय पठाए । पछि नालकसँग भेट हुँदा बुद्धबाट नालकोवाद भन्ने सूत्र देशना (उपदेश) भएको थियो ।

बालकको नामकरण बेला कपिलवस्तुका राम, धज, लक्षण, मन्ती, भोज, सुयाम, सुदत्त र कौण्डन्य नामका आठ ज्योतिष ब्राह्मणहरू भेला भएका थिए । तीमध्ये सात जनाले दुई औंला ठड्याएर बालक चक्रवर्ती राजा वा बुद्ध बन्ने सङ्केत गरे । तर, सबभन्दा कान्छा कौण्डन्यले एउटा मात्र औंलो ठड्याउँदै बालक सर्वअर्थ सिद्ध गर्ने बुद्ध नै बन्ने ठोकुवाका साथ सिद्धार्थ गौतम नामकरण गरेका थिए । गौतम (उत्तम गाई) नाउँ हो, थर होइन, बुबाको नाउँ शुद्धोदन (पवित्र भात) भए जस्तै । राजकुमार सिद्धार्थले २९ वर्षमा गृहत्याग गर्दा ती आठ ज्योतिष ब्राह्मणमध्ये कौण्डन्य मात्र जीवित थिए । राजकुमारले गृहत्याग गरेको सुन्नेबित्तिकै दिवङ्गत सात ब्राह्मणका छोराहरू वप्प, भद्दिय, महानाम र अस्सजिले पनि कौण्डन्यसँगै गृहत्याग गरी प्रवजित (भिक्षु) बनी साथमा लागे ।

बुद्ध धर्मको प्रवर्धन गरेर नेपाललाई विश्वका शान्तिपे्रमीहरूको गन्तव्यस्थल बनाउन यो देशका बाहुन, क्षत्री, दलित, जनजाति, मधेशी सबैले मुदिता चित्तले श्रद्धापूर्वक योगदान दिनुपर्छ ।

सिद्धार्थले ३५ वर्षको उमेरमा बोधगयामा बुद्धत्व प्राप्त गर्दा ती पाँच ब्राह्मण सारनाथमा बसेका थिए । बुद्धले तिनैलाई पहिलो उपदेश दिएकाले उनीहरू नै बुद्धधर्मका प्रथम भिक्षुहरू हुन् । बुद्ध धर्मका प्रथम दुई सूत्र धर्मचक्रप्रवर्तन र अनात्मलक्षण तीनै पाँच ब्राह्मणलाई देशना गर्दा स्थापित भएका हुन् । धर्मचक्रप्रवर्तन सूत्रको उपदेशको आधारमा नै बुद्ध धर्मलाई चार आर्य सत्य र आठ आर्य मार्ग निर्दिष्ट गरिएको मध्यम मार्ग भनिएको हो । अनात्मलक्षण सूत्रको आधारमा बुद्ध धर्मले ईश्वरवादी आत्मा र नित्यता मान्दैन भनेको हो । बुद्धले देह त्याग्नुअघि भने अनुसार बुद्ध धर्मावलम्बीले दर्शन गर्न योग्य चार तीर्थस्थलमा बुद्ध जन्मस्थल लुम्बिनी, बुद्धत्व प्राप्त गरेको बोधगया, महापरिनिर्वाण भएको कुशीनगर र पाँच ब्राह्मणलाई पहिलो धर्म देशना गरेको सारनाथ हुन् ।

सिद्धार्थ गौतम बुद्ध बन्ने भविष्यवाणी गर्ने र गृहत्यागपछि साथ लागेर प्रेरणा दिनुबाटै बुद्धको प्रादुर्भाव र विस्तारमा ब्राह्मणहरूको देन स्पष्ट हुन्छ । बुद्ध जन्माउने महान् कार्यमा समाहित प्रथम भिक्षु पाँचै ब्राह्मण कपिलवस्तु अर्थात् आजको नेपालकै थिए । वर्तमान नेपालका ब्राह्मणहरूले यो तथ्यलाई मनन् गर्दै गर्व र जिम्मेवारी ग्रहण गर्नुपर्छ ।

संघ निर्माणमा ब्राह्मण
वैशाख पूर्णिमाका दिन बोधगयामा बुद्धत्व प्राप्त गरेको दुई महिनापछि आषाढ पूर्णिमामा बनारस सारनाथ पुगेका बुद्धले पाँच ब्राह्मणहरूलाई भिक्षु बनाएर संघ निर्माण थालेका थिए । सारनाथको त्यही बसाइमा बुद्धले एक जना महाजनका छोरा यशकुमारसहित ५५ जनालाई पनि भिक्षु बनाए । ती भिक्षुलाई बुद्धले ‘चरथ भिक्खवे चारिकं बहुजन हिताय बहुजनसुखाय लोकानुकम्पाय’ भन्ने वाक्य उद्घोष गरी धर्म प्रचारमा पठाए । त्यसपछि सरासर गया गएका बुद्ध प्रख्यात तीन भाइ जटाधारी ब्राह्मणहरू उरुबेल काश्यप, नदी काश्यप र गया काश्यपसहित १००० शिष्यका साथ बसे । बुद्धले तिनलाई प्रज्ञासँगै हजारौं ऋद्धि (अलौकिक शक्ति) देखाउँदै धर्म देशना गरी प्रदीक्षित बौद्ध भिक्षु बनाए । यसरी शुरुमै १००० ब्राह्मण भिक्षु बनेकाले बुद्ध धर्मको प्रवाह सशक्त हुनपुग्यो ।

राजगृह नगर (तत्कालीन मगधको राजधानी)मा एक दिन कपिलवस्तुका प्रथम पाँच भिक्षुमध्ये सबैभन्दा कान्छो अस्सजि भिक्षाटनमा गएको देख्दा प्रभावित भएका उपतिस्स ब्राह्मण र कोलित ब्राह्मण परिव्राजक (साधु) पनि बुद्धकहाँ गएर सारीपुत्र र मौदगल्याण नामका भिक्षु बने । धनी र प्रख्यात परिवारका होनहार सारीपुत्र र मौदगल्याण बुद्ध धर्ममा दीक्षित भएपछि बुद्धका अग्रश्रावक (अग्रपङ्तिका भिक्षु) बने । मौदगल्याण ऋद्धि (अलौकिकता) र सारीपुत्र प्रज्ञा (ज्ञान)तर्फका अग्रश्रावक भिक्षुका रूपमा प्रतिष्ठित भए । बुद्ध बिहारहरूमा बुद्धको प्रतिमाको दायाँ बायाँ उभिएका दुई भिक्षु मूर्तिहरू उनीहरूकै हुन् ।

सारीपुत्र र मौदगल्याणपछि बुद्ध जत्तिकै मर्यादा प्राप्त भिक्षु महाकाश्यप पनि धेरै धनी ब्राह्मण परिवारका थिए । धुताङ्गधारीहरूमा श्रेष्ठ महाकाश्यप बुद्ध जस्तै रुप र तेज भएकाले कतिपय मानिस झुक्किन्थे पनि । एकपटक बुद्धले महाकाश्यपसँग चीवर (बस्त्र) साटेका थिए । बुद्धको महापरिनिर्वाण हुँदा महाकाश्यपले नै दागबत्ती दिएका थिए । महाकाश्यप बुद्धका उत्तराधिकारी जस्तै थिए । बुद्धको परिनिर्वाण भएको दुई महिनापछि राजगिरको सप्तपर्णि गुफामा मगध नरेश अजातशत्रुको संरक्षकत्वमा भएको शीर्षस्थ ५०० अरहत (मोक्षप्राप्त) भिक्षु सहभागी प्रथम धर्मसंगायना (धर्मसभा)को अध्यक्षता महाकाश्यपले गरेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *