प्रधानमन्त्री ओलीको नेसलन युनिर्भसिटी हस्पिटलमा ‘प्लाज्मा फेरेसिस’ विधिबाट उपचार सुरु ।

२०७६ भाद्र ८, आईतवार ११:१७ गते २०७६ भाद्र ८, आईतवार ११:१७ गते २०७६ भाद्र ८, आईतवार ११:१७ गते

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको ‘प्लाज्मा फेरेसिस’ विधिबाट उपचार सुरु भएको छ। उपचारका लागि बिहीबार सिंगापुर गएका प्रधानमन्त्रीको शुक्रबारदेखि त्यहाँको नेसलन युनिर्भसिटी हस्पिटलमा प्लाज्मा फेरेसिस प्रकृया सुरु गरिएको उनका निजी चिकित्सक प्रा. डा. दिब्या सिंहलाई उद्धृत गर्दै प्रमुख सल्लाहकार विष्णु रिमालले जनाएका छन्।

‘यो उपचार प्रकृया अरू केही पटक गरिनेछ’, रिमालले आइतबार बिहान ट्‍विटमा भनेका छन्, ‘उहाँको स्वास्थ्य स्थिति अहिले सामान्य अवस्थामा छ।’

प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार रिमाल, निजी चिकित्सक सिंह, स्वकीय सचिव राजेश बज्राचार्यसहितलाई लिएर उपचारका लागि सिंगापुरमा छन्।

कस्तो उपचार हुन्छ सिंगापुरमा ?

प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे पहिलोपटक औपचारिक जानकारी उनी सिंगापुर जानुअघि बिहीबार बिहान गराइएको थियो। पटक पटक उपचारका लागि विदेश गए पनि प्रधानमन्त्रीले कस्तो स्वास्थ्योपचार गराइरहेका हुन् भन्ने जानकारी सरकार तथा प्रधानमन्त्रीको निजी सचिवालयबाट त्यसअघि गराइएको थिएन।

प्रधानमन्त्रीकी निजी चिकित्सक डा. सिंहले प्रधानमन्त्री मिर्गौलाको क्षमता बढाउने उपचार गराउन सिंगापुर जान लागेको प्रेस नोट जारी गरी बताएकी थिइन्।

‘मिर्गौलासम्बन्धी एन्टीबडीको मात्रा केही बढी देखिन गएको थियो’, प्रधानमन्त्री सिंगापुर उड्नुअघि डा. सिंहले उल्लेख गरेकी थिइन्, ‘एन्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन फेरि त्यसतर्फ जान लाग्नुभएको हो।’

नेसनल युनिभर्सिटी अस्पतालमा नेपाली चिकित्सकका साथमा त्यहाँका विज्ञहरूको टोलीले प्रधानमन्त्रीको मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचार गराउने उनको भनाई थियो।

के हो प्लाज्मा फेरेसिस ?

रगतमा रातो रक्तकोष (आरबीसी), सेतो रक्तकोष (डब्ल्यूबीसी), प्लेटलेस र प्लाज्मा हुन्छ। वरिष्ठ मिर्गौला रोग विशेषज्ञ राजेन्द्रकुमार अग्रवालका अनुसार रगतमा ६० प्रतिशत हिस्सा प्लाज्माको हुन्छ।

रगतमा रहेको पहेँलो तरल पदार्थ प्लाज्माले नै शरीरका अरु भागमा रगतलाई प्रबाह गराउँछ। रगतमा रहेको दुषित पदार्थ प्लाज्मामा जम्मा हुने भएकाले दुषित पदार्थ छुट्याएर त्यसलाई रिप्लेस गर्ने (फेर्ने) विधिलाई नै प्लाज्मा फेरेसिस भनिन्छ।

‘प्लाज्माबाट एन्टिबडी हटाएर प्लाज्माको ठाउँमा प्लाज्मा वा ह्युमन हल्बुमिन (human albumin) ले रिप्लेस गर्नुपर्ने हुन्छ’, डा. अग्रवालले भने, ‘कम्तिमा तीनदेखि चारपटक यो गर्नुपर्ने हुन्छ।’

प्रधानमन्त्री ओलीलाई गरिएको भनिएको प्लाज्मा फेरेसिस अन्तर्गत सुरुमा शरीरबाट रगत निकालेर यसमा रहेको प्लाज्मा छुट्याइन्छ। दुषित प्लाज्मा हटाएर स्वास्थ्य प्लाज्मा राखिन्छ र त्यसपछि उक्त रगत पुनः शरीरमा चढाइन्छ।

ओली पछिल्लोपटक साउन १८ गतेदेखि २७ गतेसम्म सिंगापुरको नेसनल युनिभर्सिटी अस्पताल (एसएनयू) मा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किएका थिए। फर्किएको डेढ सातामा समस्या बल्झिएपछि फेरि उनी त्यसतर्फ गएका हुन्।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओलीले स्वास्थ्य परीक्षणलाई निकै महत्व दिँदै आएका छन्। दिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षण काठमाडौं, दिल्ली, बैंकक र सिंगापुरमा हुँदै आएको छ।

ओलीको सिंगापुर बसाई कति लामो हुन्छ भन्ने टुंगो छैन। उनी जानुअघि बसेको मन्त्रीपरिषद् बैठकले भिडियोबाटै प्रधानमन्त्रीको उपस्थितिमा मन्त्रिपरिषद् बैठक बस्न सक्ने निर्णय गरेको छ। यो निर्णयले प्रधानमन्त्रीको सिंगापुर बसाई लम्बिने संकेत गरेको छ।

पार्टी एकताका काम टुंग्याउनेसहितका जिम्मेवारीसहित अर्का अध्यक्ष पुष्पकमल दाहाललाई कार्यकारी भूमिका दिनुले पनि यो अनिश्यच झल्काउँछ।

प्रधानमन्त्री सिंगापुर उड्नुअघि बसेको नेकपा सचिवालय बैठकले प्रधानमन्त्रीलाई स्वास्थ्यलाभको कामना गरेको थियो। स्रोत: अन्नपूर्ण

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *