आजको पञ्चाङ्ग आज मिति २०७६ साल भदौ २५ गते । तदनुसार सन् २०१९ सेप्टेम्बर ११ तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु । नेपाल संवत् ११३९ ञलाथ्व, भाद्र शुक्लपक्ष,त्रयोदशी२८;४४, उप्रान्त चतुर्दशी तिथि्बुधलबार ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरुसँगै प्रतिस्पर्धा हुनसक्छ । बुद्धीको उपयोगले धेरैलाई खूशीपार्ने योग छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
नयाँ कामको सुरुवात हुनेछ । कमिकमजोरीलाई पनि सुधार गर्ने मौका छ । आयआर्जन भने निकै लाभदायक हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
प्रेम प्रेमीकाबीच सम्बन्ध गहन हुनेछ । गीत संगीत र मनोरञ्जनमा सफलता हाल लाग्नेछ । धन लाभको योग रहेको छ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आस मारेका कामबाट लाभ होला । स्वास्थ्यमा समस्या देखिनेछ भने निकै राम्रो मौका गुम्नसक्छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
प्रेम सम्बन्धले गर्दा भोग विलास नै हराउन सक्छ । आफन्तबाट निकै दुखको खबर आउनसक्छ । चोटपटकको भय रहेको छ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
स्वास्थ्य कमजोर रहनाले पढाई लेखाईमा समय दिन नसकिएला । सवारीमा सावधानी अपनाउनुहोला । स्वास्थ्यमा समस्या देखा पर्नेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
अवसरलाई पछ्याउन नसक्दा पछि परिनेछ । अस्वस्थताले काममा वाधा पुर्याउला । बाध्यताले अल्मल्याउनसक्छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
दम्पत्तिबीच विवाद वा पारिवारिक असमझदारी बढ्ने सम्भावना रहेको छ । सामान्य चुनौती देखिएपनि मेहनत गर्दा लाभ हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
शत्रु र रागले निकै सताउने छ । मेहनत गरेका काममा विजयी भईनेछ भने व्यापार व्यवसायमा फाईदा हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
आफ्नो क्षेत्रमा प्रभुत्व जोगाउन जोगाउन सकिनेछ । दाम इनाम र प्रतिष्ठा कमाउने योग रहेको छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
भूमी बहान तथा पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाईदा हुनेछ भने जिवनमा निकै कृती मिल्नेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
भाग्यले सोचेभन्दा बढी नै फाईदा दिलाउने छ । चुनौती स्वत हटेर जानेछ भने कर्मका प्रभावले आम्दानी बढेर जानेछ ।
नोटः ज्योतिष बास्तुसँग सम्बिन्धित कुनै पनि समस्या छन् र ज्योतिष सम्बन्धि सल्लाह लिन चाहनुन्छ भने हामीलाई सम्झनुहोस्।
स्थान =पोखरा २ बिन्ध्याबाशिनी पराजुली मिनी मार्केट भित्र, युबा तथा फलित ज्योतिषि अमृत पौडेल सम्पर्क नम्बर = ९८५६०११९९७; ९८०५२७२६१५
Views: 0